३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

ताप्लेजुङमा आँखा पाक्ने बिरामीको सङ्ख्या बढ्दै

ताप्लेजुङमा आँखा पाक्ने बिरामीको सङ्ख्या बढ्दै
अ+ अ-

ताप्लेजुङ । ताप्लेजुङमा आँखा पाक्ने बिरामीको सङ्ख्या बढ्दै गएको छ । विगत एक हप्तायता दैनिकजसो आँखा पाक्ने समस्या लिएर बिरामी उपचारका लागि आउने गरेको यहाँस्थित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रले जनाएको छ ।

आँखा उपचार केन्द्रका अनुसार गत मङ्गलबार उपचारका लागि आएका ३३ आँखाका बिरामीमध्ये १२ मा आँखा पाक्ने समस्या देखिएको छ । दैनिकजसो १२–१३ मा आँखा पाक्ने समस्या देखिने गरेको आँखा उपचार केन्द्रका ‘क्लिनिक इञ्चार्ज ’ काजी गुरुङले जानकारी दिनुभएको छ ।

आँखा पाक्ने रोग लागेपछि आँखाको सेतो भागको बाहिरी तह र आँखाको ढकनीभित्रको भाग पोलेको र बिझाएको महसुस हुने तथा आँखा रातो र फुस्रो हुने जनाइएको छ । धेरै आँसु आउने, बिहान उठ्ने समयमा आँखाको ढकनी एकआपसमा टाँसिने, चिलाउने जस्ता समस्या देखिने स्विास्थ्यकर्मीले जनाएका छन् ।

आँखा पाक्ने समस्याबाट बच्न सरसफाइमा ध्यान दिने, धुलो धुवाँबाट टाढै रहन स्वास्थ्यकर्मीको सुझाव छ । यस्तै आँखामा समस्या आइहाले आँखा उपचार केन्द्रमा गई जाँच तथा उपचार गराईहाल्नसमेत केन्द्रले आग्रह समेत गरेको छ । रासस