६ श्रावण २०८३, बुधबार
,
Latest
पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै जलवायु जनचेतना जगाउन कांग्रेसको ‘ग्रीन रन’- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन् मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुस र बेलारुसद्वारा संयुक्त सैन्य अभ्यास सुरु



अ+ अ-

रुस र बेलारुसले बिहीबार संयुक्त सैन्य अभ्यास सुरु गरेका छन् । यसले मस्कोले युक्रेनको द्वन्द्वमा ठूलो षड्यन्त्र गरिरहेको छ भन्ने डरका साथ पश्चिमी देशहरूमा चिन्ता बढाएको छ।

बेलारुसमा फेब्रुअरी २० सम्म चल्ने यो अभ्यास ‘बाह्य आक्रमणलाई दमन गर्ने र लखेट्ने’ वरिपरि केन्द्रित हुने रुसको रक्षा मन्त्रालयले एक विज्ञप्तिमा बताएको छ । 

मन्त्रालयका अनुसार सैनिकहरुले अन्य परिस्थितिका अतिरिक्त देशमा हतियार र गोला बारुदको डेलिभरी रोक्नका लागि बेलारुस सीमाका भागहरूलाई मजबुत बनाउने अभ्यास गर्नेछन् । 

संयुक्त सैन्य अभ्यासले रूस र पश्चिमी मुलुकहरुबीचको गहिरो तनावपूर्ण सम्बन्धलाई बढाएको छ । पश्चिमी मुलुकहरुले मस्कोलाई सम्भावित आक्रमणका लागि युक्रेनको सिमानामा लगभग एक लाख सेना परिचालन गरेको आरोप लगाएका छन् । 

बेलायती विदेशमन्त्री लिज ट्रसले बिहीबार मस्कोमा उनका रूसी समकक्षसँगको वार्तामा क्रेमलिनलाई आक्रमण नगर्न आग्रह गरेका छन् । उनले अन्यथा पश्चिमी प्रतिबन्धहरूको ‘ठूलो परिणाम’ सामना गर्न चेतावनी दिए । 

मस्को र मिन्स्कले अभ्यासमा कति सेना सहभागी छन् भन्ने खुलासा गरेका छैनन् । यद्यपि संयुक्त राज्य अमेरिकाले रुसले भूतपूर्व सोभियत बेलारुसका विभिन्न क्षेत्रमा ३० हजार सैनिक पठाउने योजना बनाएको बताएको छ।

पश्चिमी चिन्ताको जवाफ दिँदै क्रेमलिनले बेलारूसी भूभागमा स्थायीरूपमा सेना छोड्ने कुनै मनसाय नभएको बताएको छ । एएफपी