२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा बन्यो एनिमेटेड चलचित्र ‘सलिना: योद्धा राजकुमारी’



अ+ अ-

काठमाडौँ । नेपालमा एनिमेटेड चलचित्र बनेको छ । ‘सलिना: योद्धा राजकुमारी’ नाम दिइएको चलचित्रको केही झलकसमेत सार्वजनिक गरिएको छ ।

राजकुमारी र राक्षसनीबीचको लडाइँको लोककथामा आधारित चलचित्र निर्माण हुन छ वर्ष लागेको सम्पादक शिव पुरीले जानकारी दिनुभयो ।

“यो हाम्रो लागि नयाँ प्रयाश पनि हो, यस्ता चलचित्रको भविष्य के कस्तो छ भन्ने यसले निर्धारण गर्नेछ”, सम्पादक पुरीले भन्नुभयो । रेनमेकर एनिमेसन र भिजुअल इफेक्ट एकेडेमीले संयुक्त रुपमा तयार पाएको चलचित्रलाई तेजशराज जोशीले निर्देशन गर्नुभएको छ ।

सम्पादक पुरीसँगै श्रुति श्रेष्ठले सम्पादन गर्नुभएको चलचित्रमा सगिन महर्जन, अविनाशसिंह थारु र शिरभा मानन्धर ग्राफिक्स कलाकार हुनुहुन्छ । कृष्मा राजकर्णिकार, लजिना श्रेष्ठ, बेनिशा खतिवडा, अदिती ज्ञवाली, एज्मे कुइँकेल, झरना राई, तेजशराज जोशी, सुशील नेपाल, देव न्यौपाने, युविन पुजारी, जुना थापा, कुमार न्यौपानेलगायतले स्वराङ्कन गर्नुभएको चलचित्रलाई निर्देशक जोशी र सम्पादक श्रेष्ठले निर्माण गर्नुभएको हो । रासस