२९ चैत्र २०८१, शुक्रबार
April 11, 2025 Friday
Latest
देशविदेशका २८ जनालाई नइ पुरस्कार एउटै वडामा भेटिए क्षयरोगका २५ सङ्क्रमित तीनकुने घटनामा पूर्वराजा शाहलाई संसदीय समितिमा बोलाउनुपर्ने काँग्रेस सांसद परियारको प्रश्ताव ट्रम्पको कर युद्धको अगाडि चीन किन झुकिरहेको छैन ? शीतभण्डारमा दुई सय १० मेट्रिकटन आलु भण्डारण जडीबुटी प्रशोधन केन्द्रमा आगजनी गरेको आरोपमा थप एक पक्राउ नयाँ वर्षमा नगरकोटमा ‘नगरकोट भ्रमण वर्ष–२०८२’ हुने दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अनुमति एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्, समृद्धि र विकासको यात्रा रोकिँदैन: प्रधानमन्त्री ओली महावीरको जीवनबाट सिक्दै सत्कर्ममा हिँडौँः मुख्यमन्त्री सिंह
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनमा १४० वर्ष यताकै भारी वर्षा, १३ करोड चिनियाँ प्रभावित



अ+ अ-

हेबेइ । चीनको हेबेई प्रान्तमा वर्षापछि आएको बाढीका कारण जनजीवन प्रभावित बनेको छ ।

पछिल्ला केही दिन यता हेबेई प्रान्तमा १४० वर्ष यताकै बढी वर्षा हुँदा जनजीवन प्रभावित भएको हो ।

उत्तरी चीनको हेबेई प्रान्तको बाढी प्रभावित शहरमा १ हजारभन्दा बढी उद्धार टोलीले अहिले उद्धारका कार्य गरिरहेको सिन्ह्वाले जनाएको छ । शहरको पूर्वी भागमा भने स्थिति सामान्य सुधार भएको तर शहरको पश्चिमी भागहरूमा बाढी जारी रहेकाले उद्धार कार्य भइरहेको छ ।

शनिवार बिहान ८ बजेदेखि मङ्गलवार बिहान ११ बजेसम्म झुओझोउमा औसत वर्षा ३ सय ५५ दशमलव १ मिलिमिटर पुग्नेगरी भारी वर्षा भएको स्थानीय अधिकारीहरूले बताएका छन् । बेइजिङ मौसम विज्ञान विभागका अनुसार आँधीसहित चाङपिङको वाङ्जियायुआन जलाशय आसपासको क्षेत्रमा ७४४ दशमलव ८ मिलिमिटर वर्षा भएको थियो । सन् १८९१ मा ६०९ मिलिमिटर पानी परेको थियो ।

चीनको राजधानी र आसपासका क्षेत्रमा शनिवारदेखिको मुसलधारे वर्षाबाट १३ करोड चिनियाँ प्रभावित भएका छन् भने राजधानी बेइजिङ र छिमेकी हेबेई प्रान्तमा ९ लाख ७४ हजार ४ सय जना बिस्थापित भएका छन् ।