२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यक्ष प्रचण्डकै सल्लाहमा फाइल खोलेको हो, दोषी पार्टीकै भएपनि छाडिन्न– नारायणकाजी श्रेष्ठ



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष एवं गुहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारको राम्रो कामका बलमा एकता, रूपान्तरण गरेर पार्टी पुनर्निर्माण गर्नुपर्ने बताएका छन्।

बिहिबार पार्टिको केन्द्रीय समितिको बैठकमा बोल्दै उपाध्यक्ष श्रेष्ठले अहिले पार्टी रूपान्तरणको अवसर रहेको बताएका हुन् ।

उपाध्यक्ष श्रेष्ठले पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै सल्लाहमा भ्रष्टाचारको फाइल खोलेको बताए । सरकारले भ्रष्टाचार विरोधी अभियान चलाइरहेको बेला छानबिनको क्रममा पार्टीभित्रकै दोषी देखिए पनि कसैलाई नजोगाउने उनको भनाई छ ।

यस्तै, उपाध्यक्ष श्रेष्ठले पार्टीलाई स्वाधीनता, परिवर्तनको रक्षा, समृद्धि, शान्ति प्रक्रिया, समाजवादमा लैजानुपर्ने अहिलेको मुख्य कार्यभार रहेको पनि बताए । उनले अध्यक्ष प्रचण्डको प्रतिवेदनमा आफ्नो पूर्ण समर्थन रहेको र बैठकपछि पूर्ण प्रतिवेदन आउने जानकारी  दिए ।