• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री ★   भ्रष्टाचारविरूद्व कदम चाल्दा सरकारबाट हटाइयो – प्रचण्ड ★   कोशी सरकारबाट बाहिरियो माओवादी ★   ओबामाको समर्थनले ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि थप बल पुग्ने

सुदूरपश्चिम प्रदेश: मन्त्रिपरिषदमा नियुक्ति र कार्यविभाजन



सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले नेपालको संविधानबमोजिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा आज साँझ मौजुदा मन्त्रिपरिषद्मा नियुक्ति र कार्यविभाजन गर्नुभएको छ ।
बैतडी जिल्लाको प्रदेशसभामा नेपाली कांग्रेसबाट निर्वाचित शिवराज भट्ट आन्तरिक मामिला तथा कानूनमन्त्रीमा र कैलाली जिल्लाको प्रदेशसभामा नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित रामेश्वर चौधरी भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा नियुक्त हुनुभएको छ ।
यसैगरी कैलालीको प्रदेशसभामा निर्वाचित नागरिक उन्मुक्ति पार्टीकै कैलाश चौधरी, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्ति हुनुभएको छ । प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख जोशीले नवनियुक्त आन्तरिक मामिला तथा कानूनमन्त्री र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो ।
सोही समारोहमा मुख्यमन्त्री शाहले नवनियुक्त भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री कैलाश चौधरीलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो । गत माघ २७ गते गठन भएको सुदूरपश्चिम प्रदेशको मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम देहायअनुसार नियुक्ति र कार्यविभाजन गरिएको छ ।
१)कमलबहादुर शाह– मुख्यमन्त्री तथा मन्त्रिपरिषद् ।
२)प्रकाशबहादुर देउवा– मन्त्री, भौतिक पूर्वाधार विकास ।
३)नरेशकुमार शाही– मन्त्री, आर्थिक मामिला ।
४)शिवराज भट्ट– मन्त्री, आन्तरिक मामिला तथा कानून ।
५)झपटबहादुर साउद– मन्त्री, सामाजिक विकास ।
६)रमेशसिंह धामी– मन्त्री,उद्योग पर्यटन, वन तथा वातावरण ।
७)रामेश्वर चौधरी– मन्त्री, भूमि व्यवस्था, कृषि तथा सहकारी ।
८)गीतादेवी माल– राज्यमन्त्री,उद्योग, पर्यटन, वन तथा वातावरण ।
९0कैलाश चौधरी– राज्यमन्त्री, भूमि व्यवस्था, कृषि तथा सहकारी ।
मुख्यमन्त्री एवं नेपाली कांग्रेस संसदीय दलका नेता शाहले यसअघि गत माघ २७ गते कांग्रेससहितका सत्ता साझेदार नेकपा ९माओवादी केन्द्र० र नेकपा ९एकीकृत समाजवादी०का प्रदेशसभा सदस्यलाई समेटेर मन्त्रिपरिषद् गठन गर्नुभएको थियो । रासस