१९ माघ २०८१, शनिबार
,
Latest
‘सोचेर निर्णय लिएका हौं, उहाँलाई गाली नगर्नुहोला’ त्रिकोणात्मक महिला क्रिकेट श्रृङ्खलाः नेपालले थाइल्याण्डलाई दियो १०२ रनको लक्ष्य ८ वर्षीया आकृति पाण्डेको बालकथा संग्रह द स्प्राउटिङ स्टोरीज लोकार्पण आइएमई ग्रुपको लगानीमा बागलुङमा इला कम्फोर्ट होटल संचालन त्रिकोणात्मक महिला क्रिकेट श्रृङ्खलाः नेपालले थाइल्याण्डविरुद्ध ब्याटिङ गर्दै राष्ट्र र समाजप्रतिको उत्तरदायित्व निभाउन काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर चार महिनादेखि त्रिपालमुनि खानीखोलाका घरपरिवार तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर विवाहको उमेरहद २० वर्ष नै कायम गर्न आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललिता निवास प्रकरण: पक्राउ परेकालाई थप ७ दिन हिरासतमा राख्न अनुमति



अ+ अ-

काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकाहरुलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

यस प्रकरणमा अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)लाई जिल्ला अदालत काठमाडौँले पक्राउ परेकाहरुलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

सिआईबीले असार १२ मा भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङ र पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाहसहित ४ जनालाई पक्राउ गरेको थियो । यस प्रकरणमा अहिलेसम्म पक्राउ पर्नेको संख्या २१ पुगेको छ ।

प्रहरीले उनीहरुमाथि  ‘संगठित किर्ते’ मुद्दामा अनुसन्धान गरिरहेको छ ।