३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

गाउँमा बत्ती बल्यो, महिला खुसी

गाउँमा बत्ती बल्यो, महिला खुसी
अ+ अ-

मुगु । सोरु गाउँपालिका–१ जवलधारा र गहताडी गाउँमा बिजुली बत्ती बलेपछि त्यहाँका बासिन्दामा खुसी भएका छन् । बिजुलीका कारण महिलालाई काम गर्न सहज हुनाका साथै कार्यबोझ पनि घटेकाले पुरुषभन्दा बढी बढी खुसी देखिएका छन् । बत्ती बलेपछि भान्सा, चुलोचौको, सरसफाइदेखि वनजङ्गलबाट दाउरा, दियालो ल्याउने काममा सहज हुनाका साथै र कामको बोज घटेकाले उनीहरूमा खुसी छाएको हो ।

“घरमा दाउरा र दियालोको प्रयोगले परिवारका लुगा छिट्टै मैला हुन्थे, भाँडाकुडा काला हुन्थे, अब बत्ती बलेपछि खाना बनाउन प्रयोग हुने दाउराको खपत कम हुने, घरमा उज्यालो गर्न दियालोको प्रयोग घटनाका साथै धुँवा कम हुने भएपछि आफूहरुको आधा काम कम भएको छ जवलधारा गाउँकी झपु मल्ल भन्नुहुन्छ, “हामीले जति राम्रो र सफासुग्घर गरेपनि धुँवाले गर्दा मैला देखिन्थ्यौँ अब राम्रो र चिटिक्क देखिने भयाँै ।”

सोही गाउँकी जालगेडी मल्ल पनि गाउँमा बिजुलीबत्ती बलेपछि खुसी हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “बत्ती नहुँदा घरको काम गर्न असहज हुन्थ्यो, छोराछोरीको पढाइलेखाइमा पनि गाह्रो हुनाका साथै घरका प्रायलाई स्वास प्रस्वास तथा अन्य समस्या देखापरेकोे थियो यी सबै समस्या बत्ती आएपछि हट्ने र आफूहरुको कार्यबोज घटेर आराम गर्न फुर्सद मिल्ने आश पलाएको छ ।”

पानीको स्रोत नै नभएका यी बस्तीमा जलविद्युत्बाट गाउँ झिलिमिली भएपछि सबै हर्षित छन् । बालबालिका विद्यालयबाट घर आएपछि बेलुका बत्ती नहुँदा दियालो र टुकीमा पढ्न बाध्य थिए ।

दियालोका कारण बालबालिकालाई कहिले पोल्ने कहिले घर नै आगलागी हुने घटना हुँदै आएको थियो । अब बिजुलीका कारण बालबच्चाको पढाइ, सरसफाइ र आनीवानीमा समेत सुधार आउनाका साथै देश विदेशका खबर टेलिभिजनमा हेर्न पाइने भएको सोही गाउँका चक्र छत्याल बताउनुहुन्छ ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको रु चार करोडको लागतमा गुल्माघाट जलविद्युत् आयोजनाबाट ३८ किलोवाट विद्युत् उत्पादन भएपछि पहिलो चरणमा जवलधारा गाउँको ९७ र गहताडी गाउँका २२ घरधुरी लाभान्नित भएका हुन् ।

कर्णाली प्रदेशका पूर्वमन्त्री चन्द्रबहादुर शाहीको सक्रियतामा गाउँमा बत्ती बालिएको गुल्माघाट जलविद्युत् आयोजना निर्माण समितिका अध्यक्ष कमानसिँह मल्ल सुनाउनुहुन्छ ।बत्तीले गाउँ झिलिमिली भएपछि गहताडी र जवलधारा गाउँबासीलाई मोबाइल चार्ज गर्न रेडियो बजाउन र राति पढ्न पनि सहज भएको छ ।

बत्तीले घरमा उज्यालो भएपछि बालबालिका खुसी हँुदै राति अबेरसम्म पढ्न थालेको शिक्षक हीरालाल शाही बताउनुहुन्छ । बिजुली बल्ने बित्तिकै विद्यार्थी कापीकलम समातेर पढन सुरु गर्छन् पहिले स्कुलबाहेक घरमा पढ्ने बानी प्राय विद्यार्थीमा थिएन शिक्षक शाहीको भनाइ थियोे । गुल्मा जिउलादेखि पाँच किलोमिटर टाढा हुम्ला कर्णाली नदी मुगु किनारबाट नहर बनाइ सोही नगरबाट पानी ल्याएर जलविद्युत् उत्पादन गरिएको उक्त आयोजना निर्माण समितिले जनाएकोे छ ।

उक्त विद्युत् निर्माणका लागि वैकल्पिक ऊर्जाले सहयोग गरेको करिब रु चार करोड बजेटमा विद्युत्को पोल, वाइरिङतार, आवश्यक उपकरण, पाइप खरिद तथा ढुवानीमा खर्च भएको र पावर हाउस स्थानीयवासीको श्रमदानबाट निर्माण गरिएको जलविद्युत् आयोजना निर्माण समितिका सचिव लोकबहादुर मल्ल जानकारी गराउनुहुन्छ ।

सो आयोजनाबाट उत्पादन गरिएको ३८ किलोवाटको विद्युत् गहताडी गाउँका २२ घरधुरीमा पनि पुर्‍याइएको स्थानीयवासी ऐनबहादुर मल्ल बताउनुहुन्छ ।

उक्त आयोजनाबाट नचारा गाउँका ५६, जोगीबाडा गाउँका २७, नार्थपु गाउँका ६४, धुपीगाउँका १० र जडेपानी गाउँका ४२ घरधुरीमा पनि विद्युत् पुर्‍याउने लक्ष्यका साथ पोल विस्तार र वाइरिङ गरी बत्ती बाल्ने काम अन्तिमचरणमा पुर्‍याइएको वडा नं १ का वडाध्यक्ष धनकर्ण मल्ल बताउनुहुन्छ ।

हुम्लाको कर्णाली नदीबाट गुल्मा सिँचाइ नहर प्रयोग गरेर ल्याइएको पानीबाट जलविद्युत् उत्पादनसँगै करिब १२ हेक्टर खेतीयोग्य जमिनलाई सिँचाइ गर्न टेवा पुगेको छ ।पानीको स्रोत नहुँदा धान र गहुँ उत्पादनमा कठिनाइ हुँदै आएकामा गुल्मा क्षेत्रको नहरबाट पानी पुगेपछि सिँचाइमासमेत सुबिधा पुगेको छ । रासस