३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

ढोरबाराहीमा पर्यटकको आकर्षण बढ्दै

ढोरबाराहीमा पर्यटकको आकर्षण बढ्दै
अ+ अ-

गण्डकी । तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं ९ वाजस्थलामा अवस्थित ढोरबाराही मन्दिरमा प्रत्येक दिन त्यहाँको कुण्डमा बालबच्चालाई चुर्लुम्म डुबाएर निकालेको देखिन्छ ।

बच्चालाई कुण्डमा डुबाउनुको रहस्य भने अचम्मको छ । लामो समयसम्म बच्चाको बोली नफुुटेका अवस्थामा मन्दिरको दर्शन गराएर बच्चालाई त्यहाँको कुण्डमा डुबाएर निकालेपछि बोल्छन् भन्ने विश्वासका कारण पछिल्लो समयमा टाढा–टाढाबाट बालबच्चा लिएर अभिभावक मन्दिरमा पुग्ने गरेको मन्दिरका पुजारी चिरञ्जीवी लम्सालले जानकारी दिनुभयो ।

“बच्चा नबोलेको भन्दै मन्दिरमा दैनिक न्यूनतम एक–दुई जनादेखि १२–१५ जनासम्म बच्चा लिएर आउने गरेका छन्”, उहाँले भन्नुभयो, “मन्दिरको दर्शन गरी कुण्डमा डुबाएर लगेपछि यहाँ आउनेमध्ये अधिकांशको बोल्ने आउने गरेको पाइएको छ ।”

बोली खुलाउनका लागि कैयौँ स्थानमा उपचार गरेर सम्भव नभएका पनि यहाँ आएर दर्शन गरेसँगै बोल्ने गरेको विश्वासका कारण मन्दिरप्रतिको आस्था अझै बढेको छ ।बोली नखुलेर पूजा गरी गएका अभिभावकहरू बच्चा बोलेपछि पुन: दर्शनका लागि आउने गरेका कारण पनि विश्वास झन्–झन् बढ्दै गएको उल्लेख गर्दैै उहाँले पछिल्ला समयमा सञ्चारमाध्यमबाट हुने गरेको प्रचार–प्रसारले पनि मन्दिरप्रतिको आस्था अझै जगाएको बताउनुभयो ।

चारैतर्फ वनजङ्गलले घेरिएको पहाडको बीचमा रहेको यस मन्दिर र परिसरमा नै रहेको रहस्यात्मक लहरी आउने पानीको कुण्ड यहाँको विशिष्टता हो । बराहलाई भगवान् विष्णुको तेस्रो अवतारका रुपमा लिने गरिएको छ ।

मन्दिर स्थापनाको यकिन तथ्य फेला नपरे पनि प्राचीनकालदेखि नै यसको अस्तित्व रहँदै आएको पाइएको छ । स्कन्दपुराणको हिमवत्खण्डमा ढोरबाराहीको महिमाबारे चर्चा गरिएका कारण पनि यसको महिमा र गरिमा चुलिएको छ ।

मन्दिर जीर्णोद्धारका क्रममा फेला परेका घन्टमध्ये एउटामा नेवारी भाषामा नेपाल संवत् ९६७ लेखिएको पाइएको पुजारी लम्सालको भनाइ छ । त्यसअघिका अन्य प्रमाण भने फेला नपरेको उहाँले बताउनुभयो ।

मन्दिरमा प्रत्येक नयाँ वर्षको दिन, बडादसैँ, चैतेदसैँको दुर्गा पक्ष, श्रीपञ्चमीका साथै अन्य तिथि र पर्वमा ठूलो सङ्ख्यामा भीड लाग्ने गरेको छ । मन्दिरमा बोका, राँगाको बलि दिइन्छ भने परेवा उडाउने प्रचलन छ । मन्दिरमा एकादशी, औँसी, सोह्रश्राद्ध, तीजको पञ्चमी तथा साउन महिनाभर भने बलि दिइँदैन । ती दिनमा अन्य नियमति पूजाआजा भने गरिन्छ ।

मन्दिरमा तनहुँसँगै देशका विभिन्न भागबाट दर्शनार्थी आउने गरेका छन् । बोली नखुलेका बच्चाको बोली आउने विश्वासका कारण पछिल्ला समयमा टाढा–टाढाबाट दर्शनार्थी आउने गरेको पुजारी लम्सालले बताउनुभयो । विदेशमा विभिन्न सेवा पेसाका क्रममा गएका व्यक्तिहरू पनि बच्चाको बोली नखुलेपछि नेपालमा फर्केर ढोरबाराहीको दर्शन गर्ने गरेका छन् ।

मन्दिर परिसरमा रहेको कुण्डमा रहस्यात्मक लहरी(पानी घटबढ हुने) छुट्नु यहाँको अर्र्को विशिष्टता हो । परिसरमा लगभग १५ फिट फराकिलो पोखरी र पोखरीको बीचमा दुईवटा शिला छन् । सामान्यत: पन्ध्र मिनेटदेखि आधा घन्टाको अन्तरालमा छुट्ने लहरीलाई धार्मिक आस्था विश्वाससँग जोडेर हेरिन्छ । लहरी चलेर एकैक्षणमा भरिने पानीको कुण्ड क्षणभरमा नै सुक्ने गर्दछ । लहरी चलेका बेलामा गरिने पूजाआजालाई अझै महत्वका साथ हेर्ने गरिएको छ । नबोल्ने बच्चालाई मन्दिरमा दर्शन गराए लहरी चलेका बेलामा कुण्डमा डुबाएर निकाल्ने प्रचलन छ ।

ढोरबाराही माता प्रशन्न हुँदा लहरी छुट्ने धार्मिक कथन एवं यहाँ छुट्ने लहरीलाई महत्वपूर्ण दैवीशक्तिका रूपमा लिइने गरिएको छ ।लहरी छुट्ने मुख्यद्वारमा बस्ने रजबामलाई साक्षत् बराह भगवान्का रूपमा लिने गरिन्छ । लहरीका क्रममा मात्रै देखिने रजवामको दर्शनलाई भक्तजनले शौभाग्यका रूपमा लिने गरेका छन् । हिउँदयाममा केही समय लहरी नछुट्ने र त्यस समयमा ढोरबाराही माता माइत जाने भएकाले लहरी नछुट्ने किंवदन्ती पनि चल्दै आएको छ ।

ढोरबराहप्रतिको आस्था र विश्वास बढ्दै गएका अवस्थामा स्थानीय युवाहरू पनि यहाँको संरक्षण र विकासमा लागिपरेका छन् । ढोरबराह क्षेत्रको संरक्षण र विकास गर्दैै यसलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सम्बद्ध क्षेत्रमा निरन्तर खबरदारी गर्दैै आइएको फिर्दी युनाइटेड क्लबका सचिव मनोज बानियाँले बताउनुभयो ।

ढोरबराह मन्दिरप्रतिको धार्मिक पर्यटकीय आकर्षण दिनप्रतिदिन बढ्दै गएको ढोरबाराही मन्दिर व्यवस्थापन समितिका अध्यक्ष एवं शुक्ला गण्डकी नगरपालिका वडा नं ९ का वडाध्यक्ष बाबुराम पुलामीले बताउनुभयो ।

“बोली नखुलेकाको मन्दिरको दर्शन गरेपछि बोल्न थालेका प्रत्यक्ष प्रमाणहरू हाम्रा वरपर नै छन्”, उहाँले भन्नुभयो, “पछिल्लो समयमा प्रचार–प्रसारले देशका टाढा–टाढाका साथै विदेश गएका व्यक्तिहरू पनि बोली आउने विश्वाका कारण मन्दिरमा दर्शन गर्न आउँछन् ।” रासस