२८ भाद्र २०८३, आईतवार
,
Latest
‘पुरानो पूर्वसूचना प्रणालीले हिमनदी सिर्जित ठूला विपद् सामना गर्न सक्दैन’ वर्षाको पानी जमिनमै पुनर्भरण गर्न ‘रिचार्ज काठमाडौँ’ अभियान चलाउँदै महानगर ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव बाँकेमा दुई हजार आठ सय बढी नयाँ रोजगारी सिर्जना विश्वव्यापी आपूर्ति दबाबबीच सिरियामा इन्धनको मूल्य बढ्यो अस्करमा नेपालको प्रतिनिधित्व गर्ने ‘तिनीहरू’लाई प्रधानमन्त्री शाहको बधाई बाढीमा बगेका विद्यालय चलाउन ठाउँकै पिरलो एउटै खेलमा कप्तान लामिछानेको नाममा तीन उपलब्धि एआई प्रविधिबाट ट्राफिक व्यवस्थापन गर्न प्रहरी प्रमुख कार्कीको जोड पिनोचेको तानाशाहीविरुद्ध प्रदर्शनमा चिलीमा २८४ पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मछिन्द्रले श्रीलंकाको ब्लू स्टारसँग दशरथ रंगशालामा खेल्ने



अ+ अ-

काठमाडौं । एएफसी कप छनोट अन्तर्गत नेपालको मछिन्द्र फुटबल क्लब र श्रीलंकाको ब्लू स्टारबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने भएको छ । 

मछिन्द्र र ब्लू स्टारबीचको खेल अप्रिल ५ मा दशरथ रंगशालामा साँझ ५ बजे हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।  

एएफसीले आज मैदान र समयको टुंगो लगाएको पनि एन्फाले जनाएको छ । 

सहिद स्मारक ए डिभिजन लिगको सातौं चरणसम्म अंकतालिकाको शीर्ष स्थानमा रहेको आधारमा मछिन्द्रले एएफसी कप छनोटका लागि स्थान पक्का गरेको थियो । 

ब्लू स्टारलाई हराएको खण्डमा मछिन्द्रले अप्रिल १२ तारिखमा भारतको एटीके मोहन बगानविरुद्ध कोलकाताको विवेकानन्द युवा भारती क्रिरांगामा खेल्नेछ । 

समूह चरणमा स्थान बनाउन मछिन्द्रले मोहन बगानविरुद्धको खेलमा पनि जित निकाल्नुपर्ने हुन्छ ।