१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढी : ११७ विदेशी पर्यटकको उद्दार, कुन देशका कति ? भोटेकोशी बाढीः टिचिङ अस्पतालमा २२ को उपचार हुँदै, २१ बिरामी ‘डिस्चार्ज’ बाढीपहिरो प्रभावितको राहतका लागि एमाले बागमती र राजधानी प्रदेशद्वारा २० लाख सहयोग घोषणा माथिल्लो त्रिशूली–३ ‘ए’ को अन्डरग्राउन्ड पावर हाउसमा फसेका कर्मचारीको उद्धारका लागि उत्खनन तीव्र गैरआवासीय नेपाली संघद्वारा ५ करोडको राहत घोषणा, नुवाकोटका प्रभावित क्षेत्रमा सामग्री वितरण भोटेकोशी बाढीः दिउँसो १२ बजेसम्म ४८९ जनाको शव फेला, दुई हजार ३८१ अझै सम्पर्कविहीन भोटेकोशी बाढी : रुकुम पश्चिमका १५ जना सम्पर्कविहीन आवश्यकता परेको खण्डमा परराष्ट्र मन्त्रालयको च्यानलमार्फत वैदेशिक सहयोग परिचालन गर्छौं– सरकार चीनको सिजाङमा पहिरोः उद्धार टोली अति प्रभावित क्षेत्रमा पुग्यो बाढी–पहिरो पीडितको राहतका लागि प्रवासी नेपाली मञ्चले २० लाख दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी प्रदेशका मुख्यमन्त्रीको थापाको शपथ आज



अ+ अ-

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्ने भएका छन् ।

मंगलबार बहुमत जुटाएर मुख्यमन्त्रीमा दाबी पेस गरेर नियुक्त भएका थापाले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष आज साढे १० बजे शपथ ग्रहण गर्न लागेका हुन् ।

मुख्यमन्त्री थापाको आजै मन्त्री परिषद् विस्तार गर्ने पनि तयारी छ ।

२१ असारमा सभामुख बाबुराम गौतमको पनि समर्थनमा मुख्यमन्त्री बनेका थापालाई सर्वोच्च अदालतले थापाको नियुक्ति बदर गर्दै सरकार गठन प्रक्रिया पुन: सुरु गर्न परमादेश दिएको थियो ।

मंगलबार सभामुख गौतमलाई राजीनामा गराएर थापा पुन: मुख्यमन्त्री नियुक्त भएका हुन् । २६ दिनमा दोस्रो पटक मुख्यमन्त्री बनेका थापाले विश्वासको मत लिन भने चुनौती देखिएको छ । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । थापाको पक्षमा ४७ सांसद र विपक्षमा ४६ सांसद छन् ।

 




भर्खरै