३ पुष २०८२, बिहीबार
,
Latest
रास्वपा सभापति रवि लामिछाने भोलि मात्र छुट्ने नेता तथा अगुवा सकारात्मक कार्यका लागि समाजप्रति समर्पित भएर लाग्नुपर्छः मन्त्री खरेल राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ: मुख्यमन्त्री पाण्डे वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै निर्वाचन नै अन्तिम विकल्प अर्थमन्त्री खनाल एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो पार्टीलाई सामूहिक नेतृत्व र पद्धतिअनुसार सञ्चालन गर्न नेता पोखरेलको आग्रह निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप नेकपा एमालेका नवनिर्वाचित पदाधिकारीहरूद्वारा शपथ ग्रहण रवि विदेश जानुपरे अदालतलाई पूर्व जानकारी गराउनुपर्ने, यस्तो छ अदालतको आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

विज्ञापन नियमावली संशोधन, एजेन्सी र कर्मचारीको मिलिमतो तोडिने



अ+ अ-

काठमाडौं । मन्त्रिपरिषद्को मंगलबारको बैठकले विज्ञापन नियमन गर्ने पहिलो संशोधन नियमावली, २०८० स्वीकृत गरेको छ ।

नियमावलीले विज्ञापन बजारलाई पारदर्शी बनाउने सञ्चार तथा सूचनामन्त्री रेखा शर्माले जानकारी दिनुभयो । संशोधित नियमावलीमा सञ्चारमाध्यामहरुले आफनो दररेट सार्वजनिक गर्नुपर्ने ,विज्ञापन बोर्डमा बुझाउनु पर्ने र बोर्डले त्यस्तो दररेटलाई सार्वजनिक गर्ने व्यवस्था मिलाइएको छ । संशोधित नियमावलीले विज्ञापन एजेन्सीहरुले विज्ञापनको भुक्तानी माग गर्दा सञ्चारमाध्यमले जारी गरेको बिलको प्रतिलिपि समावेश गरी आफ्नो सेवा शुल्क खुल्ने बिलको आधारमा भुक्तानी माग गर्नुपर्ने र सोही आधारमा भुक्तानी गर्नुपर्ने व्यवस्था गरेको छ ।

यो व्यवस्थाले सरकारी विज्ञापनमा ९० प्रतिशतसम्मको कमिसन खाइरहेका विज्ञापन एजेन्सीहरुलाई नियमन गर्नेछ भने विज्ञापन बजार पारदर्शी हुने मन्त्रालयले जनाएको छ ।

संशोधित नियमावलीमा विज्ञापन वा सूचनालाई सार्वजनिक हित प्रवर्द्धनात्मक र अन्य विज्ञापन गरी तीन भागमा वर्गीकरण गर्ने व्यवस्था गरिएको छ । त्यसैगरी सञ्चारमाध्यामलाई प्रभाव पहुँच र लोकप्रियताको आधारमा स्तरीकरण गर्ने व्यवस्था मिलाइएको छ । निर्धारित स्तरअनुसार दररेट तोक्नुपर्ने व्यवस्थासमेत नियमावलीमा गरिएको छ ।

त्यस्तो विज्ञापन प्रकाशन तथा प्रसारण गर्दा सञ्चारमाध्यामको छनोट भने विज्ञापनदाताले नै गर्न पाउने व्यवस्था मिलाएको छ । रेडियो, टेलिभिजन, डिजिटल माध्यम तथा सामाजिक सञ्जालमा प्रसारण हुने विज्ञापनलाई बोर्डले परीक्षण गर्ने व्यवस्था संशोधित नियमावलीले गरेको छ । यो व्यवस्थाले उच्छृंखल र भ्रमपूर्ण विज्ञापनहरु प्रसारणपूर्व नै रोकिने अधिकारीहरुले जनाएका छन् ।

बाह्य विज्ञापनमा ठेकेदारी प्रथाको अन्त गर्ने स्थानीय तहले नै विज्ञापन कर उठाउनु पर्ने व्यवस्था गरिएको छ । यो व्यवस्थासँगै प्रत्येक होर्डिङबोर्डले स्थानीय तहसँग अनुमति लिनु पर्नेछ । स्थानीय तहले त्यस्तो अनुमति प्रदान गर्दा विज्ञापन बोर्डले निर्धारण गरेको विधि, मापदण्ड, आकार र प्रकार अनुसार गर्नु पर्नेछ । विज्ञापन बापतको रकम समयमा भुक्तानी नगर्ने विज्ञापनदाता विज्ञापन एजेन्सीको कारोबार निश्चित अवधिका लागि बोर्डले रोक लगाउन सक्नेछ ।

नेपाली टेलिभिजनले विदेशी संघसंस्था टेलिभिजनबाट निर्मित कार्यक्रम तथा खेलकुदसँग सम्बन्धित कार्यक्रम प्रसारण गर्दा नेपाली विज्ञापन राख्ने भए बोर्डबाट अनुमति लिनु पर्नेछ । संशोधित नियमावलीले विज्ञापन व्यवसायलाई मर्यादित र पारदर्शी बनाउने मन्त्रालयले जनाएको छ ।

यो व्यवस्था गर्न लागेको भन्दै गत महिना नेपाल विज्ञापन संघले विज्ञापन बोर्डमा तालाबन्दी गरी ७ दिनसम्म धर्ना दिएको थियो । संशोधित नियमावलीले सरकारी विज्ञापनलाई विज्ञापन बोर्डमार्फत प्रकाशन तथा प्रसारण गर्नुपर्ने व्यवस्था गरेको छ ।