७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar एम्बुलेन्सबाट साढे चार क्विन्टल गाँजा बरामद News Polar नागरिक लगानी कोषलाई समयानुकूल बनाउन सरकार प्रतिवद्धः कार्यवाहक प्रधानमन्त्री वाग्ले News Polar नागरिक लगानी कोषको ४९ प्रतिशत रकम स्थिर निक्षेपमा राखिनु चिन्ताको विषय : सांसद बराल News Polar सातवटै प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, असोज २१ गते एकैदिन प्रदेशको अधिवेशन गर्ने News Polar जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस News Polar ११ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ News Polar विमानस्थलबाट चुरोट तथा सुर्तीजन्य पदार्थ बरामद News Polar विदेशमा रहेका नेपालीका माग सम्बोधन गर्न एमाले सकारात्मक हुनुपर्छ : डा. अधिकारी News Polar नागरिक कोषको रकम रियल इस्टेटमा लगानी गर्ने प्रस्ताव संविधानविपरीत : सांसद तामाङ News Polar चीनद्वारा नास्टलाई डीएनए परीक्षणका उपकरण र प्रविधि हस्तान्तरण News Polar कृषि यान्त्रीकरण प्रवर्द्धनका लागि बागमती सरकारसँग नामियाको ११ बुँदे माग News Polar मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुटवलमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्ने News Polar इन्द्रजात्राको सुरुवात: हनुमानढोका परिसरमा सांस्कृतिक प्रस्तुति -फोटो फिचर News Polar नागरिकको बचत उत्पादनशील क्षेत्रमा परिचालन गर्न सांसदहरूको जोड News Polar इक्यान झापाद्वारा विपद् राहत कोषमा दश लाख प्रदान News Polar रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक संसद्मा दर्ता News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड News Polar मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई News Polar सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने

विज्ञापन नियमावली संशोधन, एजेन्सी र कर्मचारीको मिलिमतो तोडिने

विज्ञापन नियमावली संशोधन, एजेन्सी र कर्मचारीको मिलिमतो तोडिने
अ+ अ-

काठमाडौं । मन्त्रिपरिषद्को मंगलबारको बैठकले विज्ञापन नियमन गर्ने पहिलो संशोधन नियमावली, २०८० स्वीकृत गरेको छ ।

नियमावलीले विज्ञापन बजारलाई पारदर्शी बनाउने सञ्चार तथा सूचनामन्त्री रेखा शर्माले जानकारी दिनुभयो । संशोधित नियमावलीमा सञ्चारमाध्यामहरुले आफनो दररेट सार्वजनिक गर्नुपर्ने ,विज्ञापन बोर्डमा बुझाउनु पर्ने र बोर्डले त्यस्तो दररेटलाई सार्वजनिक गर्ने व्यवस्था मिलाइएको छ । संशोधित नियमावलीले विज्ञापन एजेन्सीहरुले विज्ञापनको भुक्तानी माग गर्दा सञ्चारमाध्यमले जारी गरेको बिलको प्रतिलिपि समावेश गरी आफ्नो सेवा शुल्क खुल्ने बिलको आधारमा भुक्तानी माग गर्नुपर्ने र सोही आधारमा भुक्तानी गर्नुपर्ने व्यवस्था गरेको छ ।

यो व्यवस्थाले सरकारी विज्ञापनमा ९० प्रतिशतसम्मको कमिसन खाइरहेका विज्ञापन एजेन्सीहरुलाई नियमन गर्नेछ भने विज्ञापन बजार पारदर्शी हुने मन्त्रालयले जनाएको छ ।

संशोधित नियमावलीमा विज्ञापन वा सूचनालाई सार्वजनिक हित प्रवर्द्धनात्मक र अन्य विज्ञापन गरी तीन भागमा वर्गीकरण गर्ने व्यवस्था गरिएको छ । त्यसैगरी सञ्चारमाध्यामलाई प्रभाव पहुँच र लोकप्रियताको आधारमा स्तरीकरण गर्ने व्यवस्था मिलाइएको छ । निर्धारित स्तरअनुसार दररेट तोक्नुपर्ने व्यवस्थासमेत नियमावलीमा गरिएको छ ।

त्यस्तो विज्ञापन प्रकाशन तथा प्रसारण गर्दा सञ्चारमाध्यामको छनोट भने विज्ञापनदाताले नै गर्न पाउने व्यवस्था मिलाएको छ । रेडियो, टेलिभिजन, डिजिटल माध्यम तथा सामाजिक सञ्जालमा प्रसारण हुने विज्ञापनलाई बोर्डले परीक्षण गर्ने व्यवस्था संशोधित नियमावलीले गरेको छ । यो व्यवस्थाले उच्छृंखल र भ्रमपूर्ण विज्ञापनहरु प्रसारणपूर्व नै रोकिने अधिकारीहरुले जनाएका छन् ।

बाह्य विज्ञापनमा ठेकेदारी प्रथाको अन्त गर्ने स्थानीय तहले नै विज्ञापन कर उठाउनु पर्ने व्यवस्था गरिएको छ । यो व्यवस्थासँगै प्रत्येक होर्डिङबोर्डले स्थानीय तहसँग अनुमति लिनु पर्नेछ । स्थानीय तहले त्यस्तो अनुमति प्रदान गर्दा विज्ञापन बोर्डले निर्धारण गरेको विधि, मापदण्ड, आकार र प्रकार अनुसार गर्नु पर्नेछ । विज्ञापन बापतको रकम समयमा भुक्तानी नगर्ने विज्ञापनदाता विज्ञापन एजेन्सीको कारोबार निश्चित अवधिका लागि बोर्डले रोक लगाउन सक्नेछ ।

नेपाली टेलिभिजनले विदेशी संघसंस्था टेलिभिजनबाट निर्मित कार्यक्रम तथा खेलकुदसँग सम्बन्धित कार्यक्रम प्रसारण गर्दा नेपाली विज्ञापन राख्ने भए बोर्डबाट अनुमति लिनु पर्नेछ । संशोधित नियमावलीले विज्ञापन व्यवसायलाई मर्यादित र पारदर्शी बनाउने मन्त्रालयले जनाएको छ ।

यो व्यवस्था गर्न लागेको भन्दै गत महिना नेपाल विज्ञापन संघले विज्ञापन बोर्डमा तालाबन्दी गरी ७ दिनसम्म धर्ना दिएको थियो । संशोधित नियमावलीले सरकारी विज्ञापनलाई विज्ञापन बोर्डमार्फत प्रकाशन तथा प्रसारण गर्नुपर्ने व्यवस्था गरेको छ ।