३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

विवेकशील साझाले प्रकाशन गरेको ‘गौरवमय साँस्कृतिक मानचित्र’ उपराष्ट्रपति यादवलाई हस्तान्तरण

विवेकशील साझाले प्रकाशन गरेको ‘गौरवमय साँस्कृतिक मानचित्र’ उपराष्ट्रपति यादवलाई हस्तान्तरण
अ+ अ-

काठमाडौँ । विवेकशील साझा पार्टीले प्रकाशन गरेको ‘ऐतिहासिक नेपालको गोैरवमय साँस्कृतिक मानचित्र’ उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई हस्तान्तरण गरेको छ ।

अखण्ड, स्वायत्त एवं सार्वभोैम नेपालको गोैरवमय ईतिहास झल्काउँदै नयाँ पुस्तामा देशभक्तिको भावनालाई आत्मसात गराई धरातलीय यथार्थ बुझाउन विवेकशीलले उक्त मानचित्र उपराष्ट्रपतिलाई हस्तान्तरण गरेको हो।

पार्टी अध्यक्ष समीक्षा वास्कोटा,उपाध्यक्ष प्रकाशचन्द्र परियार,महासचिव रञ्जु दर्शना, प्रवक्ता आशुतोष प्रधान र केन्द्रीय सदस्य नवराज थापा सम्मिलित टोलीले उपराष्ट्रपति यादवलाई गोैरवमय साँस्कृतिक मानचित्र हस्तान्तरण गरेर अभियान शुरु गरेका हुन् ।

एशीयाको प्राचीन राष्ट्र नेपालको सुगौली सन्धी अगाडीको भू-भाग र वर्तमान भु-भागमा रहेका साँस्कृतिक, धार्मिक, पुरातात्विक र प्राकृतिक धरोहरहरुलाई समेटेर निर्माण गरिएको मानचित्रमा सगरमाथा देखि वोैद्ध स्तुपा सम्म, पशुपतिनाथदेखि काँक्रेविहार सम्मका पुरातात्विक महत्वका सम्पदा समेटिएका छन।

गोैरवमय इतिहासमा ‘मानसरोवरदेखि गंगा मैदान सम्म’का धरोहरलाई नक्सांकन गरिएको छ। धरातलीय यथार्थमा नेपालको वर्तमान राजनीतिक नक्साभित्र रहेका सांस्कृतिक, पुरातात्विक सम्पदालाई झल्काईएको छ।

विवेकशील साझा पार्टीले सरकारले निर्वाह गर्नु पर्ने दायित्व स्मरण गराउँदै नेपालको साँस्कृतिक मानचित्र सार्वजनिक गरेर सरोकारवालाहरुलाई स्मरण गराउने अभियान बमोजिम यो अभियान थालेको हो।