• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo

पेट्रोल र डिजेलको मूल्य १० रुपैयाँसम्म बढ्ने !



काठमाडौँ । पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य लिटरमै १० रुपैयाँसम्मले बढ्ने भएको छ । नेपाल आयल निगमले ३१ असारमा लागू गरेको स्वचालित मूल्य प्रणालीअनुसार इन्धनको मूल्य भारी मात्रामा बढ्ने भएको हो ।

स्वचालित मूल्य प्रणालीअनुसार नै खाना पकाउने ग्याँसको मूल्य भने सिलिण्डरमा एक सय रुपैयाँले घट्ने भएको छ ।

नेपाल आयल निगमललाई मंगलबार भारतीय आयल निगम (आईओसी) बाट प्राप्त १५ दिनको मूल्य अनुसार डिजेल र मट्टीतेलको मूल्य लिटरमा ७ रुपैयाँले बढेर प्राप्त भएको छ । यस्तै पेट्रोलको मूल्य लिटरमा सवा ८ रुपैयाँले बढेर आएको छ ।

असार ३१ गतेबाट लागू भएको स्वचालित मूल्य प्रणालीअनुसार नै मंगलबार नै इन्धनको मूल्य समायोजन हुनेछ । निगमको परल मूल्यमा सो मूल्यमा भ्याट हिसाब गरेर पेट्रोल र डिजेल तथा मट्टीतेलमा निगमले स्वचालित मूल्य प्रणालीअनुसार मंगलबार नै मूल्य तोक्ने तयारी गरेको छ ।

जसअनुसार डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य लिटरमै १० रुपैयाँले बढ्नेछ । स्वचालित मूल्य प्रणालीअनुसार निगमले डिजेल पेट्रोलमा लिटरमा २ प्रतिशत मात्रै नाफा राखेर मूल्य तोक्न पाउँछ ।