२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेट्रोल र डिजेलको मूल्य १० रुपैयाँसम्म बढ्ने !



अ+ अ-

काठमाडौँ । पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य लिटरमै १० रुपैयाँसम्मले बढ्ने भएको छ । नेपाल आयल निगमले ३१ असारमा लागू गरेको स्वचालित मूल्य प्रणालीअनुसार इन्धनको मूल्य भारी मात्रामा बढ्ने भएको हो ।

स्वचालित मूल्य प्रणालीअनुसार नै खाना पकाउने ग्याँसको मूल्य भने सिलिण्डरमा एक सय रुपैयाँले घट्ने भएको छ ।

नेपाल आयल निगमललाई मंगलबार भारतीय आयल निगम (आईओसी) बाट प्राप्त १५ दिनको मूल्य अनुसार डिजेल र मट्टीतेलको मूल्य लिटरमा ७ रुपैयाँले बढेर प्राप्त भएको छ । यस्तै पेट्रोलको मूल्य लिटरमा सवा ८ रुपैयाँले बढेर आएको छ ।

असार ३१ गतेबाट लागू भएको स्वचालित मूल्य प्रणालीअनुसार नै मंगलबार नै इन्धनको मूल्य समायोजन हुनेछ । निगमको परल मूल्यमा सो मूल्यमा भ्याट हिसाब गरेर पेट्रोल र डिजेल तथा मट्टीतेलमा निगमले स्वचालित मूल्य प्रणालीअनुसार मंगलबार नै मूल्य तोक्ने तयारी गरेको छ ।

जसअनुसार डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य लिटरमै १० रुपैयाँले बढ्नेछ । स्वचालित मूल्य प्रणालीअनुसार निगमले डिजेल पेट्रोलमा लिटरमा २ प्रतिशत मात्रै नाफा राखेर मूल्य तोक्न पाउँछ ।