३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

पानी नपरेपछि धान रोपाइँ गर्न दमकल प्रयोग

पानी नपरेपछि धान रोपाइँ गर्न दमकल प्रयोग
अ+ अ-

पर्सा । रोपाइँको गीत गञ्जिने बेला पर्साका खेतमा जताततै दमकल भेटिन्छन् । साउनको दोस्रो साता बित्दासमेत पानी नपरेपछि रोपाइँका लागि दमकलको घर पर्नुपरेको हो ।

किसानले खेतमा पानी लगाउन दमकलको चर्को मूल्य तिर्न बाध्य छन् । रोपिएको धान पनि हुन्छ की हुँदैन भनेर किसान चिन्तित छन् । डिजलबाट चल्ने दमकलको भाडा प्रतिघण्टा रु चार सय तथा बिजुलीबाट चल्नेको मूल्य प्रति घण्टा रु तीन तिर्नु परिरहेको पोखरिया–४ का सन्तोषप्रसाद चौहानले जानकारी दिनुभयो ।

गण्डक नहरमा पानी छैन । स्थानिय तहले कुलो सफा नगर्दा किसान मारमा छन् । उनीहरु दमकलको भरमा खेतमा पानी हाल्न बाध्य छन् । “आकासे पानी अभावमा रोपाइँ गर्न ढिला हुँदा यसवर्ष बाली उत्पादन घट्ने अवस्था छ”, पर्साको जगतपुरका सुरेशप्रसाद पटेलले भन्नुभयो । गत वर्ष पानीको सुविधा भए पनि मल उपलब्ध नगराउँदा समस्या भएको थियो । यसवर्ष सरकारले बेलैमा मल उपलब्ध गराए पनि वर्षा नहुँदा किसानलाई समस्या भएको छ ।

पर्सामा साउनको दोस्रो साता वित्दा समेत ५० प्रशित मात्र धान रोपाइँ भएको कृषि ज्ञानकेन्द्रका बाली विकास अधिकृत सुरेशप्रसाद चौरसियाले जानकारी दिनुभयो । ग्रामीण भेगमा आकासे पानी नपरेकाले रोपाइँ गर्न ढिला भएको र उत्पादनमा कमी आउने उहाँले बताउनुभयो । रासस