२१ मंसिर २०८२, आईतवार
,
Latest
कार्यकारी अध्यक्ष झा र क्युएनए अधिकारीबीच भेटवार्ता १०२ वटा दल एक्लाएक्लै निर्वाचनमा जाने जेन–जी आन्दोलनका हिंसात्मक घटना इतिहासकै दुःखद्: पूर्वराष्ट्रपति भण्डारी घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह कांग्रेस केन्द्रीय निर्वाचन समिति सदस्यमा अधिकारी र कटुवाल मनोनित ‘भेडा मरेर के भो मन मरेको छैन’ आम सञ्चारमाध्यम र न्यु मिडियालाई थप व्यवस्थित बनाउन जरुरीः मन्त्री खरेल एनपीएलः चार टोलीको नजर पहिलो ट्रफिमा, कसको पल्ला भारी ? पूर्वराष्ट्रपति भण्डारीद्वारा सिंहदरबारको अवलोकन–फोटोफिचर प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्राडा झालाई चीन सरकारको क्यान्सर अनुसन्धानवृत्ति



अ+ अ-

काठमाडौँ । चीनको साङ्सी प्रान्तले क्यान्सर रोगको उपचारका लागि नेपालको परम्परागत औषधि पद्दतिको प्रभावकारिताबारे अनुसन्धान गर्न एक नेपाली प्राध्यापकलाई अनुसन्धानवृत्ति उपलब्ध गराएको छ ।

चीनको साङ्सी प्रान्तस्थित सियान मेडिकल विश्वविद्यालयमा अध्यापनरत प्राध्यापक डा राजीवकुमार झालाई क्यान्सर रोगको उपचारमा नेपालको आयुर्वेद, प्राकृतिक चिकित्सा तथा अन्य परम्परागत उपचार पद्दति को प्रभावकारिताको अनुसन्धान गर्न सो वृत्त उपलब्ध गराएको हो ।

चीनमा नसर्ने रोगमध्ये सबैभन्दा ठूलो चुनौती क्यान्सर रोगको भएकाले क्यान्सरको उपचार तथा रोकथाममा चीन सरकारले ठूलो बजेट खर्च गरी यस क्षेत्रको अध्ययान अनुसन्धानमा लगाएको र साङ्सी प्रान्तले आह्वान गरेको अनुसन्धानवृत्तिमा आफू छानिएको डा झाले जानकारी दिनुभयो ।

उक्त प्रान्तको शिक्षा विभागले गरेको आह्वानमा चीन र विभिन्न देशका एक सय ३१ व्यक्ति तथा संस्था छानिएका र यसमा एक नेपाली डा झा पर्नुभएको हो ।

यो अनुसन्धानवृत्ति एक वर्षदेखि लिएर बढीमा दश वर्षसम्म अनुसन्धान गरिने र नेपालमा पाइने जडिबुटीका साथै यहाँ प्रचलनमा रहेका आयुर्वेद, प्राकृतिक चिकित्सा एवं अन्य परम्परागत चिकित्साबाट क्यान्सर रोगको उपचार केकति प्रभावकारी हुन्छ भन्ने बारेमा अनुसन्धान केन्द्रित गरिने उहाँले बताउनुभयो ।

आफ्नो अनुसन्धान विशेषगरी नेपालको कर्णाली क्षेत्रमा पाइने जडिबुटीका साथै नेपालजस्तै भौगोलिक एवं वातावरणीय समानता रहेको तिब्बतमा केन्द्रित हुने जानकारी उहाँले दिनुभयो ।

साङ्सी प्रान्तमा रहेका विभिन्न देशका प्राध्यापक, अनुसन्धानदाता, चिकित्सक, वैज्ञानिक, उद्यमीलगायतका व्यक्तिबाट सो वृत्तिका लागि छनोट गरिएको हो । प्राध्यापक झा करिब साढे दुई दशकदेखि सियान विश्वविद्यालयमा प्राध्यापनरत हुनुहुन्छ । प्रा डा झाको नाममा साङ्सी प्रान्तीय सरकारले ‘चाइना नेपाल फ्रेन्डसिप मेडिकल रिसर्च सेन्टर अफ प्रोफेसर राजीव कुमार झा’ स्थापना गरेको छ । सियान मेडिकल युनिभर्सिटीमा स्थापना गरिएको सो केन्द्रमा क्यान्सर रोगसम्बन्धी अध्ययन, अनुसन्धानका साथै यससम्बन्धी दुई देशबीचको चिकित्सकीय अनुभव आदानप्रदान पनि हुने गरेको छ ।

चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले चीनमा मेडिकल एवं खासगरी क्यान्सर रोगको अनुसन्धान एवं प्राध्यापनमा सहभागी एक नेपाली चीनको प्रान्तीय स्तरको यो कार्यक्रममा सहभागी हुनु नेपालका लागि गौरवको कुरा हो भन्नुभयो ।

नेपालमा औषधीय गुण भएका बहुमूल्य जडिबुटीहरु रहेकाले तिनको प्रयोग क्यान्सरको उपचारमा के कसरी हुनसक्छ भन्ने बारेमा अनुसन्धान गर्ने यो कार्यबाट दुइ देशका बीचको सम्बन्धलाई थप प्रगाढ बनाउने राजदूत पुकारको भनाई छ ।