३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

ककनीमा सम्झिइए विमान दुर्घटनामा ज्यान गुमाउनेहरु

ककनीमा सम्झिइए विमान दुर्घटनामा ज्यान गुमाउनेहरु
अ+ अ-

ककनी । थाइ एयरवेजको विमान दुर्घटनामा ज्यान गुमाउने एक सय १३ जनाको सम्झनामा आज ३१औँ स्मृति दिवस मनाइएको छ । उहाँहरुको स्मृतिमा निर्माण गरिएको नुवाकोटको ककनीस्थित ‘थाई मेमोरियल पार्क’मा वृक्षरोपणसहित उहाँहरुको सम्झना गरिएको हो ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजना, सशस्त्र प्रहरी बल यूएन तालिम शिक्षालय, ककनीको सहकार्य, शिवपुरी नागार्जुन निकुञ्ज क्षेत्र व्यवस्थापन समिति ककनी ओखरपौवाको समन्वय र ककनी गाउँपालिका नुवाकोटको सहजीकरण आज बिहान वृक्षरोपण गरिएको हो ।

“इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्लेसहित एक सय १३ जनाले आजकै दिन थाइ एयरवेजको विमान दुर्घटनामा ज्यान गुमाउनुभएको थियो”, इन्सेक अध्यक्ष डा कुन्दन अर्यालले भन्नुभयो, “उहाँहरुकै स्मृतिमा आज यहाँ वृक्षरोपण गरिएको हो ।” सो दुर्घटनाको ३१औँ स्मृति दिवस पारेर यहाँ ३१ वटा विरुवा रोपिएको छ ।

इन्सेकका संस्थापक महासचिव काफ्लेले मानव अधिकार संरक्षण मञ्च स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । साथै राजबन्दी बिमोचन समितिको गठनमा पनि उहाँको महत्वपूर्ण भूमिका रहेको डा अर्यालले बताउनुभयो ।

“संस्थापक महासचिव काफ्लेले मानव अधिकारको रक्षा र विकास जनताको सचेत जागरण र सङ्गठित आवाजबाट मात्र सम्भव छ भन्नुहुन्थ्यो । जसलाई इन्सेकले सदैव अनुशरण गर्दै आएको छ”, उहाँले भन्नुभयो । उहाँले नेपालको हवाई सुरक्षा, व्यक्तिको सम्झना तथा पार्क व्यवस्थापनका लागि स्मृति दिवसको अवसरमा वृक्षरोपण गर्दै पार्क संरक्षणका लागि इन्सेकले पहलकदमी लिएको जानकारी पनि दिनुभयो ।

विसं २०४९ साउन १६ गते शुक्रबार (सन् १९९२ जुलाई ३१)मा थाइल्याण्डको बैंककस्थित डोन मुएङ्ग अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौँ आएको थाइ एयरवेजको ‘एयरवस–३११’ नुवाकोटको घ्याङ्फेदीमा दुर्घटना भएको थियो । यसमा सवार चालकदलका १४ सहित ९९ यात्रुको मृत्यु भएको थियो । उक्त विमान दुर्घटना नेपालको हवाई दुर्घटनाको इतिहासमा सबैभन्दा ठूलोमध्येको एउटा मानिन्छ ।

विमान दुर्घटनामा व्यवसायी काफ्लेसहित आङदोर्जे लामा र उहाँकी श्रीमति पासाङ फुटी लामा, मार्टिन होफटुन तथा जाइकाका टेक्निसियनलगायतले ज्यान गुमाउनुभएको थियो ।

आङदोर्जे लामा त्यस समय राजधानी साप्ताहिक पत्रिका, शेर्पा सेवा केन्द्र, गर्जनढुङ्गा विद्यालय र गौरिशङ्कर क्याम्पसको पनि संस्थापक हुनुहुन्थ्यो । उहाँ पञ्चायत विरोधी आन्दोलनमा सक्रिय हुनुहुन्थ्यो । साथै विमान दुर्घटनामा नर्वेजियन अध्येता मार्टिन होफटुनको पनि ज्यान गएको थियो । उहाँको स्मृतिमा एक समूहले काठमाडौँमा मार्टिन चौतारी नामक संस्था समेत सञ्चालनमा ल्याएको छ ।

पार्क व्यवस्थापनको चिन्ता
विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा निर्माण गरिएको थाई मेमोरियल पार्क पछिल्लो समय अलपत्र अवस्थामा छ । थाइ एयरवेजले उहाँहरुको सम्झनामा पार्क निर्माणसँगै व्यवस्थापनको काम समेत गर्दै आएको थियो । तर थाइ एयरवेजले नेपालस्थित कार्यालय बन्द गरेपछि पार्क पनि अलपत्र हुन पुगेको देखिएको छ ।

करिब १७ रोपनी क्षेत्रफलमा फैलिएको पार्कभित्रै विमान दुर्घटनाका सबैको शव व्यवस्थापन गरिएको छ । हरेक वर्ष स्मृति दिवसका अवसरमा आफन्तले श्रद्धाञ्जली दिने गरे पनि पछिल्लो समय भने पार्क व्यवस्थापनको जिम्मा कसैले लिएको छैन ।

“पच्चिस वर्षसम्म थाइ एयरवेजले यसको राम्रोसँग व्यवस्थापन गरेको थियो, तर अहिले अलपत्र अवस्थामा छ”, आङदोर्जे लामाका कान्छा छोरा निमा दोर्जे लामाले भन्नुभयो, “पार्क व्यवस्थापनका लागि अक्षयकोष स्थापनाका लागि पहल भइरहेको छ ।”

उहाँका अनुसार लामो समयदेखि अलपत्र पार्क व्यवस्थापन गर्न गत आर्थिक वर्षमा ककनी गाउँपालिका वडा नं ५ ले रु एक लाख बजेट उपलब्ध गराएको थियो । साथै आङदोर्जेका जेठा छोरा पासाङ दोर्जे लामाले अपुग रु ४० हजार सहयोग गर्नुभएको थियो ।

“पार्कको दीर्घकालीन संरक्षण र सम्बद्र्धनका लागि न्यूनतम रु १५ लाखको अक्षय कोष स्थापना गरी वार्षिक नौ प्रतिशतका दरले ब्याज आम्दानी अनुमानित रु एक लाख ३५ हजार तथा स्थानीय वडा कार्यालयको नियमित बजेटबाट रु एक लाख गरी जम्मा वार्षिक दुई लाख ३५ हजार बजेट जुटाउन सकेको खण्डमा पार्क व्यवस्थापन गर्न सहज हुने थियो”, निमा दोर्जे लामाले भन्नुभयो । उक्त बजेट जुटाउन सके कर्मचारीको तलब, मल तथा फूल विरुवा मर्मतसम्भारका लागि पनि सहज हुने उहाँको भनाइ छ । यसका लागि पहल भइरहेको जानकारी पनि उहाँले दिनुभयो ।

अक्षय कोष स्थापनाका लागि दाई पासाङ दोर्जे लामाले रु दुई लाख सहयोग गर्ने बचन दिइसक्नुभएको निमा दोर्जे लामाले जानकारी दिनुभयो । “पार्क व्यवस्थापनमा सबैले चासो दिनुभएको छ, पछिल्लो समय यहाँ रेष्टुराँ तथा क्यान्टिन पनि खोल्ने कुरा चलिरहेको पायौँ”, लामाले भन्नुभयो, “सशस्त्र प्रहरी बल पनि नजिकै भएकाले उहाँहरुले व्यवस्थापनको जिम्मा लिनुभयो भने राम्रो हुन्थ्यो भन्ने हामी सबैको चाहना हो ।”

लामाले सरोकारवाला सबैलाई अक्षय कोष स्थापनाका लागि सक्रिय हुन र अभियानमा सहभागी हुन आह्वान समेत गर्नुभयो । “हाल वार्षिक २०र२२ परिवार श्रद्धाञ्जलीका लागि आउने गरेको पाइएको छ, सबैको प्रयास भए अन्य परिवारका सदस्य खोजी गरी अभियानलाई सफल बनाउन सकिन्छ”, उहाँले भन्नुभयो ।

पार्कको रेखदेखदेखि सरसफाइलगायतको व्यवस्थापन सुरुआतदेखि नै अमरलाल सदा र उहाँकी श्रीमतिले गरिरहनुभएको छ । पार्क व्यवस्थापन गर्न सकिए पर्यटकीय दृष्टिकोणले पनि आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सकिने इन्सेकका अध्यक्ष डा अर्यालले भनाइ राख्नुभयो ।

यद्यपि हाल पार्क व्यवस्थापन कसले गर्ने भन्नेमा अन्योल भए पनि पार्कलाई अझ बढी व्यवस्थित बनाउने विषयमा पालिकाले पनि ध्यान दिने ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङले बताउनुभयो । साथै वडा नं ५ का अध्यक्ष बुद्धराज लामाले पार्क व्यवस्थापन जरुरी रहेको भन्दै यसका लागि आगामी दिनमा वडा कार्यालयले सक्दो सहयोग गर्ने बचन दिनुभयो ।

सशस्त्र प्रहरी बल यूएन तालिम शिक्षालय ककनीका सहसमादेशक बिनोद केसीले पार्क व्यवस्थापनको काम जसरी हुनुपर्ने हो त्यसरी नभएको विचार राख्नुभयो । उहाँले यसका लागि सरोकारवाला सबै सक्रियताका साथ लाग्नुपर्नेमा जोड दिनुभयो । रासस