• १२ जेष्ठ २०८१, शनिबार
  •      Sat May 25 2024
  •   Unicode
Logo

भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आयो, नेपालमा पनि बढ्ने



फाईल फोटो

काठमाडौं । भारतबाट पेट्रोल तथा डिजेलको मूल्य बढेर आएको छ ।

भारतीय आयल कर्पोरेसन (आईओसी) ले अगस्ट १ तारिखमा पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको नेपाल आयल निगमले जनाएको छ । निगमको अनुसार पेट्रोल प्रतिलिटर करिब सवा ८ रूपैयाँ, डिजेल ६ रूपैयाँ ६१ पैसाले बढेर आएको छ ।

यस्तै, मट्टितेल साढे ७ रूपैयाँ र हवाई इन्धनमा ८ रूपैयाँले बढेको निगमले जनाएको छ । खाना पकाउने ग्यासको मूल्य भने एक सय रूपैयाँले घटेको छ ।

नेपालमा साउन १ गतेदेखि स्वचालित मूल्य प्रणाली लागू भएकाले भारतबाट बढेर आएको मूल्य यहाँ पनि बढ्ने र घटेर आएको मूल्य घट्ने निगमले जनाएको छ । सोहिअनुसार निगमले मूल्य समायोजन गर्नेछ ।