३० कार्तिक २०८१, शुक्रबार
,
Latest
जापानको आर्थिक वृद्धिदर सुस्त, प्रधानमन्त्री इशिबाद्वारा प्रोत्साहनको तयारी राष्ट्रिय विकास समस्या समाधान समितिको ५३ औँ बैठक जारी नेपालको बिजुली आजदेखि बंगलादेश निर्यात सुरु सांसद बजगाईंले कुप्रचार गरेको भन्दै मन्त्री पाण्डेद्वारा नेका अनुसाशन समिति र संसदीय दलमा उजुरी ‘द ग्रेट इन्डियन कपिल शो’का निर्माताहरूलाई कानूनी सूचना दार्चुला जीप दुर्घटना अपडेटः घाइतेलाई सेनाको हेलिकप्टरमा धनगढी लगियो बेवारिसे नागरिकलाई नागरिकता प्रदान गर्नेकुरा समस्याको रुपमा छः सभामुख घिमिरे पर्यटकीयस्थल पुनहिलमा विद्युत् र खानेपानीको समस्या श्रीलङ्कामा वाम गठबन्धनको शानदार जित इंग्ल्यान्डका बोपारा चितवन राइनोजमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पक्राउ परेका व्यक्तिलाई हतकडीसहित भगाएपछि बारामा स्थानीय र प्रहरीबीच भिडन्त



अ+ अ-

सिमरा । बाराको जितपुर सिमरा–१६ टांगियाबस्तीमा स्थानीय र प्रहरीबीच भिडन्त दोहोरो भिडन्त भएको छ । हतियारसहित पक्राउ परेका ३५ वर्षका सागर लामालाई प्रहरी कार्यालयतर्फ लैजान नदिन करिब तीन सयको सङ्ख्यामा आएका स्थानीय र प्रहरी बीच भिडन्त दोहोरो भिडन्त भएको हो ।

इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलीले आज बिहान हतियार रहेको आशकामा छापा मारी लामालाई पक्राउ गरेको थियो । सोहि क्रममा स्थानीयहरुले प्रहरी टोलीमाथि ढुङ्गा मुढा गरी हतियारसहित पक्राउ परेका लामालाई हतकडी सहित भगाउन भएका हुन्।

दोहोरो भिडन्तमा प्रहरीतर्फ प्रहरी वरिष्ठ नायव निरीक्षक कलम बहादुर शाही र प्रहरी सहायक निरीक्षक बालराज गिरी घाइते भएका छन् । भिडन्तमा प्रहरीले पाँच राउन्ड हवाई फायर समेत गरेको छ ।

प्रहरीले छापा मारी लोड भएको भरुवा बन्दुक एक थान, बन्दुकको गोली २ वटा, बाघको दाँत जस्तो देखिने २ वटा, रौं १३ वटा र नङ्ग्रा ३ वटा बरामद गरेको छ ।वन्यजन्तुको सिकारीमा संलग्न रहेका लामाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।