• २५ असार २०८१, मंगलवार
  •      Tue Jul 9 2024
  •   Unicode
Logo
Latest
★   मनसुनपछिको विपदमा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन गरिने ★   गीतकार अधिकारीका ‘बुझ मायालु’, ‘यस्तै रहेछ भाग्य’ र ‘यसपालिको तिज’ सार्वजनिक ★   मनसुनपछिको विपद्मा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   सलोन-सलिनाको डकुड्रामा ‘हामी छौँ’ सार्वजनिक ★   संसदीय उपसमितिद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन ★   मुग्लिन–मलेखु सडक पुनः सञ्चालन ★   राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण ★   अहिलेको स्थितिबाट देशलाई निकास दिनुको विकल्प छैन: सांसद सिंह ★   पश्चगामी सोचका साथ संविधान संशोधनमा गिद्धेनजर लगाए माओवादीले सशक्त प्रतिवाद गर्छ: सांसद सापकोटा

‘ओएमजी २’ ले पायो ‘ए’ सर्टिफिकेट, सेन्सर बोर्डबाट कुनै कटौती भएन



एजेन्सी । अक्षय कुमार स्टारर फिल्म ‘ओएमजी २’ लाई भारतीय सेन्सर बोर्डले ए सर्टिफिकेट दिएको छ । बोर्डले फिल्ममा कुनै पनि कटौती नगरेपनि यसमा २५ वटा परिवर्तन गर्न पक्कै सुझाव दिएको छ ।

यी परिवर्तनहरूमा सबैभन्दा ठूलो परिवर्तन यो हो कि फिल्ममा अक्षयलाई शिवको रूपमा नभई शिवको भक्तको रूपमा देखाउनु पर्छ ।

एक दिनअघि सोमबार सेन्सर बोर्डले फिल्मको ट्रेलरलाई युए सर्टिफिकेट दिएको थियो । योसँगै अब ट्रेलर र फिल्म दुवैको रिलिजको बाटो खुलेको छ ।

चलचित्रमा बोर्डले सुझाव दिएको २५ मध्ये १४ परिवर्तन गर्न निर्माता सहमत भएको बताइएको छ । तर, बाँकी परिमार्जन गर्न नचाहेमा निर्माताले यसका लागि बोर्डलाई पनि मनाउनुपर्नेछ ।

यससँगै यो फिल्म सन्नी देओल स्टारर ‘गदर २’ सँगसँगै ११ अगस्टमा रिलिज हुने पनि तय भएको छ । फिल्मको समय २ घण्टा ३६ मिनेटको हुनेछ । बोर्डको क्लियरन्सका लागि लामो समयदेखि अलपत्र परेको यस चलचित्रको प्रचारप्रसारमा पनि ठूलो असर परेको छ ।

यस चलचित्रमा अक्षय कुमार, पंकज त्रिपाठी र यामी गौतम मुख्य भूमिकामा देखिनेछन् । यो फिल्म २०१२ मा रिलिज परेश रावल र अक्षय कुमार स्टारर ओएमजी (ओ माई गड) को सिक्वेल हो । उक्त फिल्ममा अक्षयले श्रीकृष्णको भूमिका निभाएका थिए ।