२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

घरको उत्तर दिशामा राख्नुहोस् यी चिज, कुबेर देव प्रसन्न भएर समृद्धिको आशीर्वाद दिनेछन्



अ+ अ-

एजेन्सी । धन प्राप्तिका लागि कुबेर देवको पूजा गरिन्छ । अर्कोतर्फ घरको उत्तर दिशालाई कुबेर भगवानको वासस्थान मानिन्छ । धनको देवता कुबेरको आशीर्वाद प्राप्त गर्ने व्यक्तिको जीवनमा आर्थिक समस्या नपर्ने जनविश्वास रहेको छ । वास्तुमा कुबेर देवलाई प्रसन्न गर्ने केही उपाय बताइएका छन् । यसो गर्दा पैसाको समस्या झेल्नु पर्दैन ।

घरमा राख्नुहोस् कुबेर यंत्र
वास्तुशास्त्र अनुसार उत्तर दिशालाई भगवान कुबेरको दिशा मानिन्छ । त्यसैले यस दिशालाई वास्तु दोषबाट मुक्त राख्न घरको उत्तरी भित्तामा कुबेर यंत्र राख्नुपर्छ । यसका साथै गोमती चक्रलाई रातो कपडामा बाँधेर घरमा राख्दा शुभ फल प्राप्त हुन्छ ।

कुन दिशामा हुनुपर्छ पैसा राख्ने कन्तुर ?
वास्तुशास्त्रका अनुसार घरमा तिजोरी (पैसा राख्ने कन्तुर) लाई यसरी राख्नुहोस् कि यसको ढोका सधैं उत्तर दिशामा परोस् । यसो गर्नाले भगवान कुबेरको आशीर्वाद अवश्य प्राप्त हुन्छ । यसका साथसाथै लक्ष्मी माता पनि तपाईंमाथि प्रसन्न हुनुहुनेछ ।

घरमा धातुको कछुवा राख्नुहोस्
वास्तुशास्त्रमा धातुको कछुवालाई निकै शुभ मानिएको छ । यसलाई उत्तर दिशा राख्नु उत्तम मानिन्छ । यस उपायले कुबेर देवको आशीर्वाद प्राप्त हुन्छ । जसले गर्दा परिवारका सदस्यको आम्दानी बढ्छ । यसका साथै घरमा धातुको कछुवा राख्नाले वास्तु दोषको पनि अन्त्य हुन्छ ।

एक्वैरियम राख्नु शुभ हुन्छ
वास्तुशास्त्रका अनुसार तपाईको घरलाई सधैं सफा र व्यवस्थित राख्नुपर्छ, ताकि ऊर्जाको प्रभाव स्वतन्त्र रूपमा गर्न सकोस् । साथै घरको उत्तर दिशामा एक्वैरियम राख्न सकिन्छ । यसो गर्दा पनि घरमा सकारात्मक उर्जा कायम रहन्छ ।