• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

मन्त्री र उपसभामुख पाउने भएपछि नाउपा सुदूरपश्चिम सरकारमा जान तयार



काठमाडौं । नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने भएको छ ।

कृषि मन्त्री, कृषी राज्यमन्त्री, उसभामुख र दुईवटा संसदीय समितिको सभापति पाउने सहमति भएपछि नाउपा सरकारमा सहभागी हुन राजि भएको हो ।

मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाह, नाउपा अध्यक्ष रन्जिता श्रेष्ठ, नेता रेशमलाल चौधरी लगायतसँग छलफल गरेका हुन्।

बुधबार नाउपाको संसदीय दलको बैठक बस्ने र सरकारमा सहभागी हुनेहरुको नामावली टुंगो लगाउने रेशम चौधरीले बताए ।

यसअघि नै नाउपा सरकारमा सहभागी हुने बताएको थियो । तर भागबन्डामा कुरा नमिलेर नाउपा सरकारमा सहभागी भएको थिएन ।