५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री र उपसभामुख पाउने भएपछि नाउपा सुदूरपश्चिम सरकारमा जान तयार



अ+ अ-

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने भएको छ ।

कृषि मन्त्री, कृषी राज्यमन्त्री, उसभामुख र दुईवटा संसदीय समितिको सभापति पाउने सहमति भएपछि नाउपा सरकारमा सहभागी हुन राजि भएको हो ।

मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाह, नाउपा अध्यक्ष रन्जिता श्रेष्ठ, नेता रेशमलाल चौधरी लगायतसँग छलफल गरेका हुन्।

बुधबार नाउपाको संसदीय दलको बैठक बस्ने र सरकारमा सहभागी हुनेहरुको नामावली टुंगो लगाउने रेशम चौधरीले बताए ।

यसअघि नै नाउपा सरकारमा सहभागी हुने बताएको थियो । तर भागबन्डामा कुरा नमिलेर नाउपा सरकारमा सहभागी भएको थिएन ।