१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत News Polar ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ News Polar कृषि औद्योगिक क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल News Polar कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव News Polar हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह News Polar कामपाले अब हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा News Polar सहकारीका ऋणीलाई ११ करोड असुली

फेरि हलमा लाग्दै ‘चपली हाइट ३’

फेरि हलमा लाग्दै ‘चपली हाइट ३’
अ अ+ अ-

काठमाडौं । अर्जुन कुमारको निर्माणमा बनेको फिल्म ‘चपली हाइट ३’ फेरि पर्दामा आउने भएको छ ।

पुस २७ गते प्रदर्शनमा आएको यो फिल्म कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ र बढ्दो संक्रमणका कारण देखाउँदै सरकारले सिनेमा हल बन्द गर्ने निर्णय भएपछि रोकिएको थियो । 

‘चपली हाइट ३’ अब फेरि एकपटक फागुन १ गतेबाट पर्दामा रिलिज हुन लागेको हो । 

यस फिल्मले फेरि एकपटक मौका पाएको छ । सरकारले सिनेमा हलहरुमा लगाएको प्रतिबन्ध हटेकाले फिल्म फेरि प्रदर्शन हुने घोषणा भएको छ ।

निकेश खड्काको निर्देशनमा बनेको फिल्ममा आकाश बरालको लेखन तथा संवाद रहेको छ । सुवास भुसाल र अर्जनु कुमारको संगीत रहेको फिल्मको गीतमा डीपी खनालको शब्द रहेको छ।

फिल्ममा आमिर गौतम, स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, महेश त्रिपाठी, प्रतीकमान श्रेष्ठ, अर्पण थापा, दीपाश्री निरौला, लक्ष्मी बर्देवा लगायतकाको अभिनय रहेको छ ।