१३ असार २०८३, शनिबार
,
Latest
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अतिथि सत्कारमा संलग्नहरुलाई १४ विधामा ‘चौरासी व्यञ्जन सम्मान २०२३ ’ दिइने



अ+ अ-

काठमाण्डौ । अतिथि सत्कार अर्थात होटल, मोटेल, रेष्टुरेण्ट, होम स्टे लगायतका व्यवसायमा संलग्नहरुको साथै त्यहाँ आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने शेफ, तालीम केन्द्र र कलेजहरुलार्ई ‘चौरासी व्यञ्जन सम्मान २०२३’ प्रदान गरिने भएको छ ।

विगत २५ वर्षभन्दा बढी समय अतिथि सत्कार व्यवसायमा संलग्न शेफहरुको संस्था ‘चौरासी व्यञ्जन समूह’ले आउँदो असोज २६ गते राजधानीमा आयोजित एक विशेष समारोहको आयोजना गरि विभिन्न १४ वटा विधामा सो सम्मान प्रदान गरिने जनाएको हो ।

समूहले सोमबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा समूहका अध्यक्ष प्रेमलाल घिसिंगले सम्मानको बारेमा जानकारी दिँदै होम स्टे, उदीयमान शेफ, वरिष्ठ सेफ, हिरो सेफ, महिला शेफ लगायत विभिन्न १४ वटा विधामा सम्मान प्रदान गरिने बताए । आजैदेखि शुरु गरिएको मनोनयनको कार्य विभिन्न चरण पार गर्दै असोज २६ गते मुल सम्मान समारोह हुने पनि अध्यक्ष घिसिंगले बताए ।

परम्परागत नेपाली खानालाई प्रोत्साहन र परिचित गराउनुको साथै अतिथि सत्कारको क्षेत्रमा काम गर्दै आएकाहरुलाई प्रोत्साहन र सम्मान गर्ने उद्धश्यले सम्मान कार्यक्रम आयोजना गर्न लागिएको र यसको कूल लागत २० लाख रुपैयाँ लाग्ने पनि उनले बताए ।

असोज २६ गते प्रदान गरिने सम्मानको प्रतिकस्वरुप ‘तामाको ओखल’ पत्रकार सम्मेलनमा अनावरण गरिएको थियो ।