३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

अतिथि सत्कारमा संलग्नहरुलाई १४ विधामा ‘चौरासी व्यञ्जन सम्मान २०२३ ’ दिइने



अ+ अ-

काठमाण्डौ । अतिथि सत्कार अर्थात होटल, मोटेल, रेष्टुरेण्ट, होम स्टे लगायतका व्यवसायमा संलग्नहरुको साथै त्यहाँ आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने शेफ, तालीम केन्द्र र कलेजहरुलार्ई ‘चौरासी व्यञ्जन सम्मान २०२३’ प्रदान गरिने भएको छ ।

विगत २५ वर्षभन्दा बढी समय अतिथि सत्कार व्यवसायमा संलग्न शेफहरुको संस्था ‘चौरासी व्यञ्जन समूह’ले आउँदो असोज २६ गते राजधानीमा आयोजित एक विशेष समारोहको आयोजना गरि विभिन्न १४ वटा विधामा सो सम्मान प्रदान गरिने जनाएको हो ।

समूहले सोमबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा समूहका अध्यक्ष प्रेमलाल घिसिंगले सम्मानको बारेमा जानकारी दिँदै होम स्टे, उदीयमान शेफ, वरिष्ठ सेफ, हिरो सेफ, महिला शेफ लगायत विभिन्न १४ वटा विधामा सम्मान प्रदान गरिने बताए । आजैदेखि शुरु गरिएको मनोनयनको कार्य विभिन्न चरण पार गर्दै असोज २६ गते मुल सम्मान समारोह हुने पनि अध्यक्ष घिसिंगले बताए ।

परम्परागत नेपाली खानालाई प्रोत्साहन र परिचित गराउनुको साथै अतिथि सत्कारको क्षेत्रमा काम गर्दै आएकाहरुलाई प्रोत्साहन र सम्मान गर्ने उद्धश्यले सम्मान कार्यक्रम आयोजना गर्न लागिएको र यसको कूल लागत २० लाख रुपैयाँ लाग्ने पनि उनले बताए ।

असोज २६ गते प्रदान गरिने सम्मानको प्रतिकस्वरुप ‘तामाको ओखल’ पत्रकार सम्मेलनमा अनावरण गरिएको थियो ।