४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह

काठमाडौँबाट दिल्लीका लागि उडेको अपहरित विमानका चालक भन्छन्: विमानस्थलको सुरक्षाका लागि बेग्लै बल चाहिन्छ

काठमाडौँबाट दिल्लीका लागि उडेको अपहरित विमानका चालक भन्छन्: विमानस्थलको सुरक्षाका लागि बेग्लै बल चाहिन्छ
अ+ अ-

नयाँदिल्ली । शुक्रबार अपराह्न सन् १९९९ को डिसेम्बर २४ मा काठमाडौँबाट नयाँदिल्लीका लागि उडेको एयर इन्डियाको अपहरित विमानका चालक देवी शरणले विमानस्थलको सुरक्षाका निम्ति बेग्लै सुरक्षा बल अपरिहार्य भएको बताएका छन् ।

सेवा निवृत्त शरणले आईसी ८१४ को अपहरणपछि विमानस्थलको सुरक्षाका निम्ति बेग्लै एयरपोर्ट सेक्युरिटी फोर्स ९एएसएफ० को अवधारणा अघि बढाइएको तर त्यो कहिल्यै कार्यान्वयन नभएको उल्लेख गर्दै उनले अझै पनि त्यस्तो सुरक्षा दस्ता अत्यावश्यक भएको बताएका छन् ।

उड्डयन सुरक्षा एवम् संस्कृति सप्ताहका अवसरमा नयाँदिल्लीमा सोमबार भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अपहरण गरिएको विमान पञ्जाबमा अवतरण गर्दा अमृतसर पुलिस र एयरपोर्टका सुरक्षा अधिकारी कति असहाय थिएभन्ने तथ्य सबैले बुझेका बताए । “अपहरण भएको विमान अमृतसरमा अवतरण गर्दा अमृतसर विमानस्थलको सुरक्षा जिम्मेवारी स्थानीय प्रहरीसँग थियो, तिनीहरू असहाय थिए यदि विशेष दल भैदिएको भए स्थिति नियन्त्रण गर्न र अपहरणकर्ताले उडानलाई पाकिस्तान लैजाऊ भन्दा कारबाही गर्न सकिन्थ्यो,” उनले भने ।

उक्त घटनापछि विमानस्थलका लागि बेग्लै सुरक्षा बलको सुझाव आएको थियो तर त्यसलाई कार्यानवयन गरिएन । भविष्यमा त्यस्ता अप्रिय अवस्थाको सामना गर्नुनपरोस् भन्ने उद्देश्यका साथ बेग्लै सुरक्षा बल आवश्यक भएको उनले दोहोर्‍याए ।

मखुण्डो लगाएका पाँच जना पाकिस्तानी उग्रवादीले एक सय ७६ यात्रु बोकेको एयरबसलाई काठमाडौंबाट अमृतसर, त्यसपछि पाकिस्तानको लाहोर अनि संयुक्त अरब इमिरेट्सको दुबई र अन्तत: तालिवानको केन्द्रबिन्दु अफगानिस्तानको कान्दाहारसम्म पुर्‍याएका थिए ।

यात्रीको भेषमा रहेका अपहरणकारीले एक जनाको हत्या गरेभने दुवईमा २७ जनालाई छाडेका थिए । भारतले तीन जना आतङ्कवादी मुश्ताक अहमद जरगर, अहमद उमर सईद शेख र मसूद अजहरलाई रिहा गर्न सहमत जनाएपछि विमान अपहरण र यात्री बन्धक सङ्कट सात दिनपछि टुङ्गिएको थियो । विमानमा चालक दलका १५ जना सदस्य थिए ।