२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

पशुपतिनाथ मन्दिरमा हजारौँ बोलबम यात्री



तस्बिर : हरिराम भेटुवाल
अ+ अ-

काठमाडौँ । सौरमास अनुसार साउनको तेस्रो साताको सोमबार पशुपतिनाथ मन्दिरमा हजारौँ बोलबम यात्रीले सुन्दरीजलबाट शुद्ध जल ल्याई चढाएका छन् ।

यो वर्ष साउनको तेस्रो साता आज बोलबम काँवरिया सङ्घको आयोजनामा सुन्दरीजलबाट पशुपतिसम्म बोलबम यात्रा भएको हो । बोलबम यात्राका लागि आइतबार बेलुकी नै भक्तजन सुन्दरीजल पुगेका थिए ।

प्रत्येक वर्ष साउन महिनामा बोलबम यात्रीले वाग्मतीको शिरो भाग सुन्दरीजलबाट शुद्ध जल ल्याई पशुपतिनाथमा चढाएका हुन् । बोलबम यात्रीलाई जल चढाउन छुट्टै ढोकाको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिनुभयो ।

सौरमास अनुसार साउनको तेस्रो साता आज पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजनले दर्शन गरेको पनि उहाँले सुनाउनुभयो । आज मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी र अर्थमन्त्री डा प्रकाशशरण महत, पूर्वमन्त्री एवं विश्व हिन्दू महासङ्घका अध्यक्ष डा रामचन्द्र अधिकारीलगायतले पनि दर्शन गर्नुभएको महाशाखा प्रमुख पराजुलीले बताउनुभयो । भारतबाट पनि आज उल्लेख्य मात्रामा भक्तजन पशुपतिनाथको दर्शनमा आएका थिए ।

पशुपतिनाथमा आज रु सात हजार पाँच सयभन्दा बढीको रसिद काटी एक सय २१ जना भक्तजनले विशेष पूजा गरेका छन् । एक जना भक्तजनले भने रु ६५ हजारको रसिद काटेको जनाइएको छ ।

साउनको सोमबारका लागि पशुपति क्षेत्रमा नेपाली सेनाले स्वास्थ्य शिविर आयोजना गरेको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को काठमाडौँ जिल्ला समिति र विश्व हिन्दू महासङ्घको काठमाडौँ जिल्ला समितिका अध्यक्ष एवं पदाधिकारीले पनि सामूहिकरूपमा पशुपतिनाथ मन्दिरमा पूजा, आराधना एवं दर्शन गरेको जनाइएको छ । रासस