२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

फोन पे अभियानका विजेता सिकर्मीले पाए ‘आइफोन १३’



अ+ अ-

काठमाडौँ । भुक्तानी प्रणाली सञ्चालक फोन पेले ‘फोन पे गर्ने हो, बिजुलीको बिल तिर्दा आइफोन १३ जित्ने हो’ नामक अभियानको विजेता घोषणा गरेको छ।

फोन पेले जेठ महिना भरी लागू गरेको उक्त अभियानको विजेता अनुप सिकर्मी बनेका छन्। सिकर्मीलाई नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले ‘आइफोन १३’ हस्तान्तरण गरेका हुन्।

निर्देशक घिसिङले विजेतालाई बधाई दिनुको साथै फोन पेले नेपालमा विद्युतीय भुक्तानीलाई प्रवर्द्धन गर्न चालिरहेको विभिन्न कदमहरूको पनि प्रशंसा गरे।

सम्पूर्ण नेपाली ग्राहकहरूलाई विद्युतीय भुक्तानी प्रणालीमा प्रवेश गराई विभिन्न सुविधाहरू थप्दै जाने र पुराना भुक्तानी माध्यमका अप्ठ्याराहरूलाई सजिलो बनाउँदै लैजाने संस्थाको लक्ष्य रहेको फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले जानकारी दिए ।