२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सातौं दक्षिण एशियाली आइटिएफ तेक्वान्दो च्याम्पियनसिपमा नेपालको चुनौति



अ+ अ-

काठमाडौँ । नेपालका खेलाडीले सातौं दक्षिण एशियाली आइटिएफ तेक्वान्दो च्याम्पियनसिपमा चुनौति प्रश्तुत गर्ने भएका छन् ।

आगामी अगस्ट ४ देखि ६ तारिखसम्म भारतको हैदरावादमा हुने च्याम्पियनसिपमा नेपालका १४ खेलाडीले प्रतिष्पर्धा गर्ने भएका हुन् । त्यसका लागि हुन् १४ खेलाडीसहित २५ सदस्यीय नेपाली टोली सोमवार भारतको हैदरावाद प्रस्थान गरेको छ । उक्त टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोईराला र नेपाल आइटिएफ तेक्वान्दो महासंघका सदस्य गोपाल श्रेष्ठले सोमवार नै एक कार्यक्रमबीच बिदाइ गरेका थिए ।

महिलातर्पm फाइटको ४४ केजीमा लीलाकुमारी सापकोटा र सञ्चिता श्रेष्ठ, सविना तामाङले ४९ केजीमा, मुना राईले ५२ केजीमा, रोनिका पराजुलीले ५५ केजीमा, विनिता थापामगरले ४९ केजीमा र डोल्मा गुरुङले ८४ केजीमा प्रतिष्पर्धा गर्नेछन् । पुरुषतर्पm सुनिल महतोले ५४ केजीमा, तेन्जिङ दावा तामाङले ४९ केजीमा, अनिल खड्काले ६३ केजीमा, रोशन घिसिङले ४९ केजीमा, निर्मल लामाले ५८ केजीमा, साहिल दोङले ४९ केजीमा र रिक्साङ वाइबा तामाङले ५३ केजी तौलसमूहमा प्रतिष्पर्धा गर्नेछन् । नेपाली टोलीको प्रशिक्षकमा ईश्वर थापामगर, धनराज तामाङ, सपुत मोक्तान र मोतीलाल घिसिङ छन् ।

उक्त च्याम्पियनसिपमा राष्ट्रिय खेलकुद परिषद्(राखेप) का बोर्ड सदस्य अञ्जन धमलाले निर्णायकको भुमिका निर्वाह गर्नेछन् । त्यस्तै संघकी महासचिव अञ्जु रावत, पुकार केसी, रुपसिंह तामाङ, रजेश बोलाखे, तुलसी थापा मगर र दिलमाया गुरुङले पनि अम्पायरको भुमिका निर्वाह गर्नेछन् ।