२३ असार २०८३, मंगलवार
,
Latest
शिवपुरीको रिसोर्टमा परिवारसँग पूर्वराजा ज्ञानेन्द्र शाहले यसरी मनाए जन्मदिन (फाेटाे फिचर) करका दरमा देखिएको प्राविधिक त्रुटी सच्याइएको हो, नियतमा खोट छैनः अर्थमन्त्री डा. वाग्ले बेलहिया नाकाको पार्किङ तथा ट्राफिक व्यवस्थापन गरिने हेटौँडा कपडा उद्योगका भौतिक पूर्वाधार तथा उपकरणको परीक्षण सुरु ठमेलमा बढे भारतीय पर्यटक काँग्रेस–एमाले पूर्वसहमतिअनुसार प्रदेश सरकार हेरफेरको तयारी विनियोजन विधेयक, २०८३ राष्ट्रिय सभाबाट पनि पारित आर्थिक सुधार, सुशासन र पूर्वाधार निर्माणमा सरकारको स्पष्ट मार्गचित्र छः अर्थमन्त्री डा. वाग्ले राहदानी वितरणमा नयाँ प्रणाली लागू हुँदैः आगामी सातादेखि नयाँ कम्पनीले पासपोर्ट छाप्ने भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी
तपाईं के खोज्दै हुनुहुन्छ ?

विज्ञको छुट्टै संयन्त्र बनाएर कोरोना नियन्त्रण गर्न अन्तरिम आदेश



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतले कोभिड–१९ को भयावह स्थितिमा स्वास्थ्यविज्ञको सल्लाह र सुझाव आवश्यक परे छुट्टै संयन्त्र बनाएर नियन्त्रण तथा रोकथाम गर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले विज्ञको सल्लाहबमोजिम कोभिड नियन्त्रण र रोकथामका लागि यथाशीघ्र व्यवस्था गर्न सरकारका नाममा आज अन्तरिम आदेश जारी गरेको हो ।

“अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा बेड अभाव भएको अवस्था भए कुनै पनि खाली स्थान भवनमा अस्थायी उपचार केन्द्रको व्यवस्था मिलाई चिकित्सक तथा स्वास्थ्यकर्मीको उचित व्यवस्था गरी  प्रभावकारी  उपचारको व्यवस्था गर्नू”, आदेशमा भनिएको छ ।

अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा गृह, अर्थ, कानून, न्याय तथा संसदीय मामिला र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई विपक्षी बनाई सोमबार दायर गरेको रिट निवेदनमा स्वास्थ्य सामग्रीका अभावमा नागरिकको बाँच्न पाउने अधिकारबाट वञ्चित नगर्न माग गरिएको थियो  ।