७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भरतपुर अस्पताल : गत साउन र भदौमा १२२ जना सर्पदंशका बिरामी News Polar मदिराको झोकमा श्रीमतीको हत्या, दुई छोरी घाइते भएपछि संसदमा सरकारको ध्यानाकर्षण News Polar राष्ट्र बैंकद्वारा ६ लघुवित्त वित्तीय संस्थालाई कारवाही News Polar राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता News Polar एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी News Polar संरक्षणलाई संरक्षित क्षेत्रको सीमाभन्दा बाहिर विस्तार गर्नुपर्छ : मन्त्री चौधरी News Polar पठन संस्कृति हराउँदै गएकोमा चिन्ता, पुस्तकालयलाई सिकाइको केन्द्र बनाउन सुझाव News Polar भोटेकोशी बाढीलाई जलवायु परिवर्तनजन्य चरम घटनाका रूपमा महासभामा उठाउने सरकारको तयारी News Polar जलवायु न्यायको मुद्दामा भोटेकोसी ‘टर्निङ पोइन्ट’ बन्नुपर्छ : विश्वप्रकाश शर्मा News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने

राप्रपाको कार्यालय अगाडि बालेनको डोजर, कार्यकर्ताले सडकमा गाडी तेर्स्याएर गरे अवरोध

राप्रपाको कार्यालय अगाडि बालेनको डोजर, कार्यकर्ताले सडकमा गाडी तेर्स्याएर गरे अवरोध
अ+ अ-

काठमाडौँ । धुम्बाराहीस्थित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय पार्टी कार्यालय भत्काउन काठमाडौँ महानगरपालिकाले तयारी गरेपछि कार्यकर्ताहरुले अवरोध सिर्जना गरेका छन् ।

पार्टी कार्यालय हटाउन महानगरपालिका डोजरसहित पुगेपछि कार्यकर्ताहरुले अवरोध गर्न थालेका हुन् । मापदण्ड मिचेर बनाइएको पार्टी कार्यालय हटाउन महानगरपालिकाका प्रमुख बालेन शाहले निर्देशन दिनुभएको थियो ।

कार्यकर्ताहरुले डोजर जाने बाटोमा गाडी तेर्स्याएर अवरोध गरेका छन् । पार्टी कार्यालय परिसरमा पनि नेता तथा कार्यकर्ताहरुको ठूलो भिड लागेको छ ।

तोकिएको समयमा कार्यालय नहटाइएको भन्दै महानगरपालिकाले उक्त भवन भत्काउन जान लागिएको जनाएको छ । महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले महानगरको टोली डोजरसहित कार्यालय जान लागेको जानकारी दिनुभयो ।

यसअघि महानगरले शुक्रबार राप्रपाको पार्टी कार्यालय हटाउन तीन दिने अल्टिमेटम दिएको थियो ।

शुक्रबार महानगर प्रहरीको टोली राप्रपाको कार्यालयमा पुगेर माइकिङ गर्दै तीन दिनभित्र पार्टी कार्यालय हटाउन आग्रह गरेको थियो । माइकिङमा भनिएको थियो, “यस राष्ट्रिय प्रजातन्त्र पार्टीमा रहनु भएका पदाधिकारीज्यूहरु, यो कार्यालयलाई आगामी सोमबारभित्र हटाई खाली गराइदिनुहुन काठमाडौँ महानगरपालिका हार्दिक अनुरोध गर्दछ ।”

मापदण्डविपरित हाइटेन्सन लाइनमुनि भवन बनाएको भन्दै महानगरपालिकाले कार्यालय हटाउन लागेको हो । यद्यपि राप्रपाले लिखितरुपमा कुनै जानकारी नगराएको भन्दै पार्टी कार्यालय भत्काउन महानगरले नपाउने दाबी गरेको छ ।