• ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
  •   Unicode
Logo
Latest
★   सत्तामा बस्नेहरुले उत्तर दिने हो, प्रश्न गर्न मिल्दैन: प्रदीप पौडेल ★   रोजाइमा आकर्षक र टिकाउ बेतका फर्निचर ★   कांग्रेसलाई प्रधानमन्त्रीको आग्रह: गृहमन्त्रीलाई बोल्न दिनुस्, समिति बनाउँछौं ★   गिरिबन्धु टि-स्टेटमा काँग्रेसका कोही दोषि भए सजाय भोग्न तयार छौ: रामहरी खतिवडा ★   ४ बजेको बैठक सहजताका साथ अगाडी बढ्छ: महेश बर्तौला ★   मदन भण्डारी र जीवराज आश्रितको षड्यन्त्रपूर्वक हत्या भएको झलनाथको दाबी ★   सुनिल क्षेत्रीको सन्यासबारे विराट कोहलीले भने– ‘मेरो भाइ, तिमीमा गर्व छ’ ★   राष्ट्रियसभा बैठक अपराह्न ४:३० बजे बस्ने ★   बत्तीस वर्षदेखि डोकोमा तरकारी बेच्दै ‘लक्ष्मी’ ★   तराईको गर्मीमा पनि लटरम्म स्याउ

राप्रपाको कार्यालय अगाडि बालेनको डोजर, कार्यकर्ताले सडकमा गाडी तेर्स्याएर गरे अवरोध



काठमाडौँ । धुम्बाराहीस्थित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय पार्टी कार्यालय भत्काउन काठमाडौँ महानगरपालिकाले तयारी गरेपछि कार्यकर्ताहरुले अवरोध सिर्जना गरेका छन् ।

पार्टी कार्यालय हटाउन महानगरपालिका डोजरसहित पुगेपछि कार्यकर्ताहरुले अवरोध गर्न थालेका हुन् । मापदण्ड मिचेर बनाइएको पार्टी कार्यालय हटाउन महानगरपालिकाका प्रमुख बालेन शाहले निर्देशन दिनुभएको थियो ।

कार्यकर्ताहरुले डोजर जाने बाटोमा गाडी तेर्स्याएर अवरोध गरेका छन् । पार्टी कार्यालय परिसरमा पनि नेता तथा कार्यकर्ताहरुको ठूलो भिड लागेको छ ।

तोकिएको समयमा कार्यालय नहटाइएको भन्दै महानगरपालिकाले उक्त भवन भत्काउन जान लागिएको जनाएको छ । महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले महानगरको टोली डोजरसहित कार्यालय जान लागेको जानकारी दिनुभयो ।

यसअघि महानगरले शुक्रबार राप्रपाको पार्टी कार्यालय हटाउन तीन दिने अल्टिमेटम दिएको थियो ।

शुक्रबार महानगर प्रहरीको टोली राप्रपाको कार्यालयमा पुगेर माइकिङ गर्दै तीन दिनभित्र पार्टी कार्यालय हटाउन आग्रह गरेको थियो । माइकिङमा भनिएको थियो, “यस राष्ट्रिय प्रजातन्त्र पार्टीमा रहनु भएका पदाधिकारीज्यूहरु, यो कार्यालयलाई आगामी सोमबारभित्र हटाई खाली गराइदिनुहुन काठमाडौँ महानगरपालिका हार्दिक अनुरोध गर्दछ ।”

मापदण्डविपरित हाइटेन्सन लाइनमुनि भवन बनाएको भन्दै महानगरपालिकाले कार्यालय हटाउन लागेको हो । यद्यपि राप्रपाले लिखितरुपमा कुनै जानकारी नगराएको भन्दै पार्टी कार्यालय भत्काउन महानगरले नपाउने दाबी गरेको छ ।