१२ भाद्र २०८३, शुक्रबार
,
Latest
सुनको मूल्य दुई हजार चार सयले घट्योः चाँदीको स्थिर भोटेकोशी र त्रिशूलीमा लेदोसहितको बहाव बढ्दै, उच्च सतर्कता अपनाउन आग्रह भोटेकोशीमा बाढी बढ्दै, त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह आँबुखैरेनी र देवघाट गाउँपालिकामा २८ शव भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास रसुवा बाढीः २८ व्यक्ति सम्पर्कविहीन चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला रसुवा बाढीबारे निर्णय गर्न प्रधानमन्त्री शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु रसुवामाथि चीनतर्फ बनेको ताल फुट्यो, सुरक्षाकर्मी र सर्वसाधारणलाई सतर्क रहन आग्रह बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्दा सजग रहन प्रधानमन्त्री सचिवालयको अपील
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वचालित प्रणालीमार्फत पेशी तोक्न प्रधानन्यायाधीश कार्कीलाई बारको आग्रह



अ+ अ-

काठमाडौं । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई पूर्ण स्वतालित प्रणालीमार्फत पेशी तोक्न आग्रह गरेको छ ।

आइतबार एक विज्ञप्ति जारी गर्दै बारले आफ्नै नेतृत्वमा बनेको समितिको प्रतिवेदन कार्यान्वयन गर्न भन्दै प्रधानन्यायाधीश कार्कीको ध्यानाकर्षण गराएको हो ।

प्रधानन्यायाधीश कार्की न्यायाधीश रहँदा बनेको समितिले न्यायापालिकामा हुनसक्ने विकृति, अनियमितता र भ्रष्टचार तथा त्यसको रोकथामका लागि चाल्नुपर्ने उपायबारे सुझाव दिएको थियो । सोहि प्रतिवेदन कार्यान्वयन गर्न बारले माग गरेको हो ।

सर्वोच्चको पूर्ण बैठकले स्वामित्वसहित प्रतिवेदन कार्यान्वयनको प्रक्रिया थाल्नुपर्ने विज्ञप्तीमा भनिएको छ । यस्तै, बारले नयाँ प्रधानन्यायाधीश र न्यायाधीश नियुक्तिका लागि समेत ध्यानाकर्षण गराएको छ ।