९ भाद्र २०८३, मंगलवार
,
Latest
हर्मुजमा छ महिनामा ६८ समुद्री घटना सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना पुरुष क्रिकेटः मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य कांग्रेसको विवाद समाधान महाधिवेशन रोक्नु होइन, विश्वसनीय बनाउनु हो : देवराज चालिसे फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले नुवाकोटको किस्पाङ गाउँपालिकाकाे भेडा फार्म : पर्यटकको आकर्षणदेखि बरुवाल भेडाको संरक्षणसम्म प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध स्वर्णजयन्ती विशेष ‘नाडा अटो साे २०२६’ काठमाडौँमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अहिले कति मानिसले भिटमिन ‘बी’ र ‘सि’ को चक्की किनेर खाईरहेका छन् , के यो जरुरी छ ?



अ+ अ-

काठमाडौं । बेलायत र अमेरिकाका क्रमशः वारविक विश्वविद्यालय र जन हपकिन्स विश्वविद्यालयका वैज्ञानिकहरूले भनेका छन्, 'भिटामिनहरुको झोल र चक्की किनेर खानु पैसाको बर्बादी गर्नु मात्र हो र यसले स्वास्थ्यमा केही पनि फाइदा गर्दैन।'

करिब चार लाख ५० हजार मानिसमा गरिएको यो अध्ययनबाट पत्ता लागेको अध्ययनमा वैज्ञानिक र पोषण विशेषज्ञले भनेका छन्, 'भिटामिनका गोली र झोलहरू किनेर खाने मानिसहरू विभिन्न औषधि कम्पनीको विज्ञापनमा भर पर्छन्। यस्ता कम्पनीको विज्ञापन गरेर हाम्रो घरको खानेकुराले मात्रै हामीलाई शुद्ध पोषणतत्त्व पुग्दैन भने कुरा भन्छन्। यो गलत तथ्य हो।' 

औषधि कम्पनीले बूढो हुँदै जाँदा विभिन्न रोगबाट बच्न पनि भिटामिनको प्रयोग गर्नुपर्छ भनेर बारम्बार भन्दा मानिसहरूले विश्वास गर्छन् । जन हपकिन्स विश्वविद्यालयका प्राध्यापक एडगर मिलर भन्छन्, 'अब यस्ता भिटामिनजन्य औषधिहरू आवश्यक छैन भन्नै पर्छ।'

भिटामिन, क्याल्सियम आदि बनाउने कम्पनीका मालिकका परिवारले चाहिँ पक्कै पनि यस्ता भिटामिनका झोल खाँदैनन्। किनभने, उनीहरूलाई पनि थाहा हुन्छ कि यसको त्यति धेरै आवश्यकता छैन भन्ने कुरा। तर अन्य मानिसलाई बेच्दा उनीहरूको अर्थतन्त्र बढ्छ। त्यति मात्र होइन, तुलनात्मक हिसाबले सबैभन्दा धेरै कमिसन पनि यस्तै भिटामिनहरूमा दिने गरिन्छ। 

नेपालमा जुनसुकै औषधि पसलमा जाँदा राम्रोसँग सजाइएको विभिन्न किसिमका भिटामिनका सिसी देखिन्छन्। त्यसैगरी भोक बढाउने, खाना पचाउँने अनेक किसिमका औषधि सजाइएका हुन्छन् जुन आवश्यक नभए पनि हामी किनिरहेका हुन्छौं। तर, भिटामिनले भरिपूर्ण भएको पौष्टिक खाना ज्वानोको झोल, तरुल, आलु, पालुंगो भने पर्याप्त खानैपर्छ।

आइरन चक्की र भिटामिन 'बी' का चक्कीको सट्टा दाल, भात, गन्द्रुक, मकै, चनाबाटै त्यो प्राप्त गर्न सकिन्छ। 'भोजन नै औषधि हो' भन्ने सिद्धान्त कार्यान्वयन गर्न सके थप भिटामिनको आवश्यकतै पर्दैन। 

क्याल्सियम ज्वानो र दहीबाट प्राप्त गर्न सकिन्छ। ज्वानो सस्तो तथा भिटामिनले भरिपूर्ण भएको वस्तु हो। एक चिया चम्चा ज्वानोमा ७६ मिलिग्राम क्याल्सियम पाइन्छ। ज्वानोमा रहेको यही विशेषताले गर्दा सुत्केरी महिलालाई ज्वानोको झोल ख्वाउने चलन रहिआएको हो। ज्वानोको प्रयोगले कुपोषणको सिकार भएका बालबालिका, लामो बिमारीपछि उठेका बालबालिका, वृद्धाहरू, गर्भवती महिला सबैलाई फाइदा पुर्‍याउँछ।




भर्खरै