५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद भट्टराईको चेतावनी: सभापति चयन नगरे संसदीय समितिको बैठकमा आउँदिन



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का सांसद योगेश भट्टराईले तत्काल सभापति चयन नगरे संसदीय समितिको बैठकमा नआउने चेतावनी दिनुभएको छ ।

आइतबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा उहाँले सरकारले जसरी संसद्लाई चलाउनुपर्ने हो, त्यसरी चलाउन नसकेको भन्दै सात महिनामा एउटा मात्र विधेयक पास हुनु लज्जाको विषय भएको बताउनुभयो ।

उहाँका अनुसार संसदीय समितिका सभापतिहरु पनि एक महिनाभित्र चयन गर्ने अभ्यास भए पनि तीन महिनासम्म हुन सकेको छैन ।
भागवण्डा नमिलेका कारण सभापति चयन हुन नसकेको भनेर समाचारहरु आइरहेको भन्दै उहाँले आफूहरुले कुनै बार्गेनिङ नगरेको बताउनुभयो ।

“सत्ता गठबन्धनको असहमतिका कारण उत्पन्न भएको समस्याको भारी बोक्न चाहँदैनौं” एमालेका सचिव भट्टराईले भन्नुभयो, ‘केही सहमति बनेको छ, त्यसअनुसार जाऊँ । बनेको छैन संसदीय प्रक्रियामा जाऊँ ।”

यसबारे आफूहरुले सभामुखको ध्यानाकर्षण गराउन लागेको समेत उहाँले बताउनुभयो बताउनुभयो । सत्ता पक्षको झै–झगडाको साक्षी भएर आफूहरु नबस्ने भन्दै उहाँ भन्नुभयो, “सम्भवतस् समितिको अर्को बैठकमा आउँदैनौँ ।