३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

मध्यभोटेकोशीको बिजुली खेर जाने अवस्था आएपछि…

मध्यभोटेकोशीको बिजुली खेर जाने अवस्था आएपछि…
अ+ अ-

काठमाडौँ । जलविद्युत् आयोजना निर्माण सम्पन्न हुने चरणमा पुगिसकेको भए पनि बिजुली प्रवाह गर्ने सवस्टेशन नहुँदा नेपाल विद्युत् प्राधिकरणलाई समस्या परेको छ । समस्या समाधानका लागि पटकपटक प्रयास गरिए पनि निर्माण व्यवसायीले तोकिएको समयमा काम सम्पन्न गर्न सकेको छैन ।

सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माणाधीन दुई सय २० केभी क्षमताको सबस्टेसनमा एकातिर बिजुली खेर जाने चिन्ता र अर्कोतर्फ लगानी बढ्ने अवस्था सिर्जना भएको छ । चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा अगाडि बढाइएको एक सय दुई मेगावाट क्षमताको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको निर्माण अन्तिम चरणमा पुगे पनि विद्युत् जोडिने सबस्टेसन निर्माण सम्पन्न गर्न प्राधिकरणलाई दबाब परेको छ ।

मध्यकोशीको निर्माण दुई महिनाभित्र सम्पन्न गर्ने गरी अन्तिम चरणका काम भइरहेको छ । मध्यभोटेकोशीबाट उत्पादित विद्युत् दुई सय २० केभी प्रसारण लाइनमार्फत बाह्रबिसे सबस्टेसनमा जोडिनेछ । आयोजनाले आफ्नो विद्युत्गृहबाट बाह्रबिसे सबस्टेसनसम्मको प्रसारण लाइनका टावर निर्माण गरिसकेको छ भने तार तान्ने काम भइरहेको जनाएको छ ।

उक्त सबस्टेसन निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनी ग्वाङ्सी ट्रान्समिसन एण्ड सबस्टेसन कन्ट्रक्सन तथा सेन्जेन क्लाउ इलेक्ट्रोनिक्सको संयुक्त उपक्रमको कमजोर कार्यसम्पादनका कारण सबस्टेसनको निर्माण ढिलाइ हुँदै आएको छ ।

प्राधिकरणले कार्यसम्पादनमा सुधार्न पटकपटक दिएको निर्देशन निर्माण व्यवयासीले पालना नगर्दा सबस्टेसन निर्माण सम्पन्न हुने तालिका प्रभावित हुँदै आएको छ । समयमा नै सबस्टेसनको निर्माण सम्पन्न नभएर मध्यभोटेकोशीको विद्युत् जोड्न नसकिए सोको क्षतिपूर्ति निर्माण व्यवसायीबाट भराउने चेतावनी प्राधिकरणले दिँदै आएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठ, आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक ताराप्रसाद प्रधान सम्मिलित उच्चस्तरीय टोलीले शनिबार सबस्टेसन निर्माणस्थलको अनुगमन गरेको थियो । टोलीले आयोजना व्यवस्थापन र निर्माण व्यवसायीसँग निर्माण क्रममा देखिएका समस्या, उपकरण आपूर्तिको अवस्था, निर्माण सम्पन्न हुने तालिकालगायत विषयमा छलफल गरेको थियो ।

कार्यकारी निर्देशक घिसिङले गत फागुनपछि निर्माण व्यवसायीले आफ्नो कार्यसम्पादनमा केही सुधार गरेको देखिए पनि हालसम्म पूर्णरुपमा सुधार नभएको बताउनुभयो । श्रमिकको सङ्ख्या थप गरी निर्माणमा तीव्रता दिन निर्देशन दिँदै घिसिङले निर्माण प्रगतिको जानकारी लिन आफूले साप्ताहिकरुपमा सबस्टेसनस्थल आएर नियमित अनुगमन गर्ने जानकारी दिनुभयो ।

“पावर ट्रान्सफर्मरलगायतका सबस्टेसनमा राखिने उपकरण निर्माणस्थलमा आइसकेका छन्, निर्माणमा ढिलाइ गर्नुपर्ने कुनै कारण छैन, निर्माणमा हाम्रा तर्फबाट सहजीकरण गर्न तयार छौँ, तीन महिनाभित्रमा काम सम्पन्न गर्नुपर्छ”, उहाँले भननुभयो, “तीन महिनाभित्र निर्माण सम्पन्न नभए मध्यभोटेकोशीको विद्युत् खेर फाल्नुपर्ने पीडादायी अवस्था आउन सक्ने भएकाले यसलाई ध्यान दिएर काम गरौँ ।”

कम्पनीले सबस्टेसनमा रहने पावर ट्रान्सफर्मरलगायतका उपकरण ल्याइसकेको छ भने ट्रान्सफर्मर रहने स्थान, नियन्त्रण कक्ष भवन निर्माणाधीन छन् । सबस्टेसनमा २२०/१३२ केभी, १६० एमभिए र १३२/११ केभी, पाँच एमभीएका पावर ट्रान्सफर्मर रहनेछन् । बाह्रबिसेमै चार सय केभी क्षमताको अर्को सबस्टेसन पनि निर्माणाधीन छ ।

मध्यभोटेशीको विद्युत् प्रवाहका लागि अस्थायीरूपमा वैकल्पिक व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ । यसका लागि पनि बाह्रबिसे सबस्टेसनको निर्माण सम्पन्न हुनु अनिवार्य छ । कूल २२ मेगावाटको माथिल्लो चाकू ‘ए’ जलविद्युत् आयोजनाको प्रवद्र्धक कम्पनी शिवश्री हाइड्रोपावरले निर्माण गरेको १३२ केभी ‘सिङ्गल सर्किट’ प्रसारण लाइनलाई ‘डबल’ बनाउन लागिएको छ । शिवश्री हाइड्रोपावरले लामोसाँघु सबस्टेसनबाट बाह्रबिसेसम्म बनाउनुपर्ने उक्त लाइनको कामसमेत सुरु हुन सकेको छैन ।

करिब १० किलोमिटर लाइनमध्ये सात किलोमिटर तार तान्नु पर्नेछ भने बाह्रबिसे बजार नजिकबाट सबस्टेसनसम्म करिब तीन किलोमिटरमा चार सर्किट (मल्टी सर्किट) प्रसारण लाइन बनाउनु पर्ने कम्पनीले जनाएको छ । हालसम्म उक्त कामको सुरुआत भने गरिएको छैन । अनुगमनका क्रममा उच्चस्तरीय टोलीले निर्माण तत्काल सुरु गर्न कम्पनीलाई आग्रह गरेको छ । प्राधिकरणले लामोसाँघु सबस्टेसनमा ‘बे’ विस्तारको काम गरिरहेको छ ।

तामाकोशी तथा सुनकोशी नदीका साथै ती नदीका सहायक खोलानालाअन्तर्गतका जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न तामाकोशी–काठमाडौँ प्रसारण लाइन र सबस्टेसन निर्माण सुरु गरिएको हो । एशियाली विकास बैंकको सहुलितपूर्ण ऋणमा प्रसारण लाइन तथा सबस्टेसनको निर्माण भइरहेको छ ।

तामाकोशी–काठमाडौँ ४००/२२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत रामेछापस्थित नयाँ खिम्ती सबस्टेसनबाट बाह्रबिसेसम्म ४४ किलोमिटर प्रसारण लाइन निर्माणाधीन छ । त्यस्तै बाह्रबिसेबाट काठमाडौँको लप्सीफेदीसम्मको ४६ किलोमिटर ४०० केभी डबल सर्किट तथा लप्सीफेदीबाट भक्तपुरको चाँगुनारायणसम्मको १४ किलोमिटर १३२ केभी प्रसारण लाइन पनि निर्माणाधीन छन् । लप्सीफेदीमा ४००/२२० र १३२/११ केभी सबस्टेसन स्थानीय बासिन्दाको अवरोधका कारण निर्माण प्रभावित भएको छ । रासस