काठमाडौं । चीनको सबैभन्दा महत्वपूर्ण चाड यस वर्षको वसन्तोत्सवको पर्व आउन ठिक एक दिनअघि अर्थात् जनवरी २३ सन् २०२० का दिन वुहान सहरमा चल्ने सबै सार्वजनिक यातायातका साधन तथा सहरबाट बाहिर जाने रेल, हवाइजहाज आदि दिनको १० बजेदेखि नचल्ने र सहर बन्द गरिने घोषणा गरियो ।
बन्दको वेला कुनै अत्यावश्यक कारण बाहेक अन्य अवस्थामा उहानवासीले सहर छाड्न नपाउने जनाउ दिइयो । उहान सहर मध्यचीनस्थित एक बिशाल सहर हो, जसमा तीनवटा साना सहर दुई नदीको किनारामा अवस्थित छन् । सहर लकडाउनमा थियो ।
यो खबरले चीन र बाँकी संसारलाई स्तब्ध बनायो । सहर नै लकडाउन गरिने कुरा बाँकी चीनका लागि र अन्य विश्वका लागि पनि एक नौलो कुरा थियो । यसमा पनि उहान भनेको हुपेई प्रान्तको राजधानी सहर, जुन नौ प्रदेश र एक करोड २० लाख जनसङ्ख्या भएको एउटा बिशाल शहर हो ।
यहाँ के भएको थियो ?
सन् २०१९ को अन्तिम महिनासम्म पनि अर्थात् यो सहर यसरी बन्द गर्नुभन्दा एक महिना अगाडिसम्म पनि यो सहर अरू वर्ष सरह नै थियो, फरक केही थिएन । नयाँ वर्ष आउन लागेको खुसीमा वर्षभरि काम गरेका सहरका मानिसहरू मानौँ खुसीमा डुबेका थिए । सबै जना नयाँ वर्ष मनाउन किनमेलमा व्यस्त थिए, पारिवारिक जमघटको चाँजोपाँजो मिलाउँदै थिए । तर त्यो वेला कसैलाई पनि यो त्रासद विपत्ति बाटोमा यतै आउँदैछ भन्ने कुराको केही अनुमान नै थिएन ।
डिसेम्बरको अन्त्यतिर केही अनौठो लक्षण भएका निमोनियाका बिरामीहरू अचानक वुहानमा देखिए । ती बिरामी धेरथोर सबै जना हुनान सि–फुडको थोक–बिक्री बजारसँग सम्बद्ध मानिस थिए । डिसेम्बर ३१ मा उहानका अख्तियारप्राप्त निकायका अधिकारीहरूले उक्त समाचारको विश्वसनीयता निश्चित गरे । सन् २०२० को जनवरी ७ तारिखका दिन विशेषज्ञको टोलीले आफनो प्रारम्भिक अनुसन्धानबाट प्राप्त परिणामका आधारमा अहिलेसम्म नदेखिएको भाइरल इन्फलुएन्जा रोगका जीवाणुहरू नोभल कोरोना भाइरस भएको कुरा पत्ता लगाए । साथै प्रयोगशालामा यस भाइरसको समग्र वंशाणु अनुक्रमको नक्सांकन गरियो ।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को केन्द्रीय समितिले यो महामारीको नियन्त्रणलाई ठुलो महत्व दियो । यसै अनुकूल यसले शीघ्र आवश्यक व्यवस्था मिलाउँदै आफनो केन्द्रीय र संयुक्त नेतृत्वलाई शक्ति सम्पन्न गरी कार्यमा खटायो । फेब्रुअरी ७ तारिखका दिन बसेको चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समिति, पोलिटिकल ब्युरोको स्थायी समितिको सभाको सञ्चालन महासचिव सी चिनफिङ आफैले गर्नुभयो । यस सभाले आवश्यक कार्यहरूको पहिचान गरी योजना तयार ग-यो। पुनः जनवरीको मध्यमा राष्ट्रिय स्वास्थ्य समितिका विशेषज्ञहरूको एउटा उच्चस्तरीय टोली उहानमा गयो ।
यसै गरी जनवरी २० तारिखका दिन राष्ट्रपति तथा चिनियाँ कम्युनिस्ट पार्टी, केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैनिक समितिका अध्यक्ष सी चिनफिङले सबै तहका समस्त पार्टी कमिटी र सरकार, सम्बन्धित विभाग आदिलाई जनताको जीवन र स्वास्थ्यलाई प्रमुख महत्व दिँदै यो भाइरसलाई फैलनबाट नियन्त्रण गर्न आवश्यक पर्ने सबै उपाय अवलम्बन गर्न एक निर्देशन–पत्र जारी गर्नुभयो । यसै दिन श्वास–प्रश्वास रोगका वरिष्ठ चिनियाँ विद्वान् चोङ नानसनले आमसञ्चारका माध्यमलाई सम्बोधन गर्दै भने, “यो भाइरस अब मान्छेबाट मान्छेमा सर्न लागेको छ ।”
जनवरी २२ तारिखमा हुपेई प्रान्तमा जनस्वास्थ्य सङ्कट निराकरणमा दोस्रो तहको उपाय अवलम्बन गर्ने घोषणागरियो । अनि यससँगै एक सङ्कटको घडी प्रवेश भयो । तदनुसार नै जनवरी २३ को बिहानै उहानमा कोभिड–१९ को रोकथाम तथा नियन्त्रण सम्बन्धमा प्रथम सूचना जारी गरियो– “उहान सहरमा बस, सबवे, डुङ्गा लगायत सबै प्रकारका सार्वजनिक यातायात, अनि लामो दुरीका यात्रुसेवाका यातायात साधन जनवरी २३ तारिख बिहान १० बजेदेखि बन्द गरिने छ ।
अत्यावश्यक कारण परेका खण्डमा बाहेक यहाँका बासिन्दालाई उहान छोड्न निषेध गरिएको छ । यसै गरी यहाँबाट भएर बाहिर जाने विमान र रेल सेवा सबै बन्द गरिने छ । यी सुविधाहरू अर्को सूचना नआएसम्मका लागि बन्द हुने छन् ।”उहान आँधीका आँखामा परेजस्तै भएको थियो । अचानक देखापरेको भाइरसले १.४ अर्ब चिनियाँ जनतालाई तत्कालै यस भाइरसका विरुद्ध लड्न सक्रिय गरायो ।
यो वास्तवमा कठिन तर दृढ निर्णय थियो । जनताको सुरक्षा र जनस्वास्थ्यको निश्चित निधो गर्न चीनले उहान सहरलाई बाहिरी संसारसँगको सम्पर्कबाट विच्छेद गरायो । यसो गर्दा यसले देशकै अन्य भागमा यो भाइरस फैलन सक्ने जोखिमबाट पनि जोगायो । उहानलाई लकडाउन गरियो । यो दिन सहर शान्त देखिए पनि भित्रभित्रै उग्र र अशान्त थियो । सडकमा केही मात्र कार देखिन्थे अनि ज्यादै थोरै मात्र पैदलयात्री मुखमा मास्क लगाएर हतार हतार सडकमा हिँडेका देखिन्थे ।
तर इन्टरनेटमा भने उहान सबैभन्दा बढी खोजिएको र चासोको सहर बनेको थियो । यो सहरको ताजा खबर बताउन थुप्रै सन्देशहरू इन्टरनेटमा अविरल प्रवाहित भइरहेका थिए । भाइरसको प्रकोपलाई नियन्त्रण गर्न जनवरी २५ तारिखका दिन अर्थात् पहिलो चन्द्रमासको पहिलो दिनमा नै उहान सहरभित्रकै तीन नगर उछाङ, हानखौ तथा हानयाङ बिचमा चल्ने सार्वजनिक यातायातमा समेत रोक लगाइयो ।
यसै दिन दिउँसो ३ बजे देशभरका २४ प्रान्त, नगरपालिकाहरू र स्वशासित क्षेत्रमा प्रारम्भिक स्तरको जनस्वास्थ्यसँग प्रमुख सरोकारको विषयमा प्रारम्भिक स्तरको सङ्कट–योजनाको घोषणा गरियो । यसले जम्मा एक अर्ब २० करोड मानिसलाई ओगट्थ्यो । यो भाइरस तीव्र रूपले अघि बढिरहेको थियो । यसैले जनवरी २९ तारिखका दिन देशका सबै ३१ प्रान्त र सो सरहका निकायमा प्रारम्भिक स्तरको स्वास्थ्य सङ्कटकालको घोषणा भयो ।
जनवरी ३१ तारिखको बिहानै विश्व स्वास्थ्य सङ्गठनले यो भाइरसको विश्वव्यापी प्रकोपलाई “जनस्वास्थ सङ्कटको अन्तर्राष्ट्रिय चासो” का रूपमा घोषणा ग-यो।
यस महामारीले मानिसको जीवनमा चाँडै परिवर्तन गरायो । चीनको प्रमुख चाड नयाँ वर्षको वसन्त उत्सवको समयावधिभर नै मानिसहरूको बिहान उठेपछिको पहिलो काम भनेकै यस भाइरसको महामारी सम्बन्धी नयाँ सूचना तथा तथ्याङ्क प्राप्त गर्नुभयो । देशभरमा बढ्दो माहामारीको सङ्ख्यामा सबैभन्दा चिन्ताजनक र गम्भिर अवस्था उहान सहरको नै थियो । उहानमा यस भाइरसका शङ्कास्पद र घोषित बिरामीको सङ्ख्या प्रत्येक दिन उच्च गतिमा बढिरहेको थियो ।
यस महामारीका कारणले सहरका सबै कम्पनी र फयाक्ट्रीहरू बन्द गरिए, सडक रित्तै भए, अस्पतालहरूमा उपचार गर्न आउने बिरामीको भिड ह्वात्तै बढ्यो, इ्न्टरनेट सहयोगको माग गरिएका सन्देशले भरियो । भाइरसको विस्तारले डर र त्रासको अवस्था सिर्जना गरेको थियो । यति धेरै बिरामीहरूको उपचार कसरी गर्ने ? के हामीसँगत्य ति धेरै चिकित्सक र औषधोपचारको सेवा सुविधा उपलब्ध छ त ? सहरमा रहेका झन्डै एक करोड मानिसको व्यवस्थापन कसरी गर्ने ? के अब उहान फेरि निको होला त ? भनिन्छ हरेक आँधी पछाडि इन्द्रेणी आउँछ । यस्तै होला त ?
सहरमा रहेका बासिन्दाहरू आफै नै एकअर्कालाई सहयोग गरिरहेका थिए र सान्त्वना दिइरहेका थिए । सहरमा रहेका सुपरमार्केट, ग्यास स्टेसन, र सरसामग्री प्रदायक कम्पनीहरू सहरका बासिन्दाहरूलाई उनीहरूका दैनिक आवश्यकताका वस्तुहरू उपलब्ध गराउन प्रयासरत छन् । सरकारी निकायहरू सबै बिदालाई रद्द गरेर चौबिसै घण्टा सेवा उपलब्ध गराउन कटिबद्ध छन् । ट्राफिक प्रहरी, सडक र सहरी व्यवस्थापन कार्यालयका कर्मचारीहरू रात दिन ड्युटीमा रहेर काम गरिरहेका छन् । अझ स्वास्थ्यकर्मीहरू त कोरोना भाइरस सङ्क्रमणको जोखिम उच्च स्तरमा
रहे पनि बिरामीहरूलाई रातदिन सेवा उपलब्ध गराउन जुटेका छन् ।
हरेक मानिस यो विशाल सहरको रक्षा गर्न लागिपरेका छन् । हृदयहरू बन्द गरिएका अर्थात् थुनिएका छैनन् र उहान कुनै निर्जन टापु पनि होइन । जनवरी २५ तारिखका दिन राजनीतिक ब्युरोको स्थायी समिति बैठकको अध्यक्षता स्वयं सी चिनफिङले गर्नुभयो । यो चीनको नववर्षको दिन पनि थियो । केन्द्रीय समितिले नयाँ अध्ययन, नयाँ व्यवस्थापनहरू र महामारीको प्रकोप रोकथाम र नियन्त्रणका लागि थप अन्य सक्रियताको चाँजोपाँजो मिलायो । यसले कोभिड–१९ प्रकोपको रोकथाम र नियन्त्रणका लागि चिनियाँ कम्युनिस्ट पार्टी, केन्द्रीय समितिको एउटा नेतृत्वदायी समूह स्थापना गर्ने निर्णय ग-यो ।
साथै केन्द्रीय सञ्चालन समूहहरू पनि खटाइयो । अनि यसको रोकथाम र नियन्त्रणको प्रविधिमा यसको संयोजनकारी भूमिकाका लागि राज्य काउन्सिलले पूर्ण रूपमा निर्वाह गर्नुपर्ने आवश्यकताहरू पनि पहिचान गरियो । यसपछि सी चिनफिङले राजनीतिक ब्युरोको स्थायी समितिका तीन बैठक, महामारी रोकथाम र नियन्त्रण सम्बद्ध विषय र औद्योगिक उत्पादन तथा कार्य पुनरारम्भ बारेमा आयोजित राजनीतिक ब्युरोको अन्य एक बैठकको समेत अध्यक्षता गर्नुभयो । फेब्रुअरी १० तारिखका दिन सी चिनफिङले बेइजिङमा प्रकोप नियन्त्रण र रोकथामका कार्यको बारेमा निरीक्षण गर्नुभयो र आवश्यक निर्देशन पनि दिनुभयो ।
यस अवसरमा उहाँले हुपेई र विशेष गरेर उहानमा रहेका प्रकोप नियन्त्रणको अग्रदल टोलीसँग भिडियो कन्फरेन्स गर्न‘भयो र प्रकोप रोकथाम तथा नियन्त्रण सम्बन्धी केन्द्रीय परिचालन टोली र हुपेई कमान्डको कार्य प्रतिवेदन पनि सुन्नुभयो । उहाँले सर्वसमावेसी कानुनमा आधारित शासन विधिको केन्द्रीय आयोग, साइबर स्पेस मामिला सम्बन्धी केन्द्रीय आयोग, अग्रसुधार सम्बन्धी केन्द्रीय आयोग र विदेश मामिला सम्बन्धी केन्द्रीय आयोग आदिका सभाको अध्यक्षता गर्नुभयो । उक्त बैठकहरूमा यस महामारीको रोकथाम र नियन्त्रणका लागि विभिन्न पक्ष सम्बद्ध आवश्यक कुरा जुटाउने विषयमा छलफल गर्नुभयो ।
चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिले प्रस्तुत महामारीका विरुद्धको युद्ध जित्नका लागि पार्टीको नेतृत्वलाई सबल बनाउन तथा बलियो राजनैतिक समर्थन प्रदान गर्न समेत आवश्यक परिपत्र जारी ग¥यो । सी चिनफिङ यस महामारीको प्रकोप नियन्त्रण र रोकथाम प्रति सूक्ष्म रूपले नजिकबाट ध्यान दिइरहनु भएको छ र हरेक दिन मौखिक तथा लिखित निर्देशन आदि पनि जारी गरिरहनु भएको छ । कोभिड–१९ को रोकथाम तथा नियन्त्रण सम्बद्ध केन्द्रीय नेतृत्व समूहले सम्बन्धित कार्यलाई समयानुकूल तरिकाले सञ्चालन गर्न अध्ययन तथा व्यवस्थापन गरिरहेको छ ।
केन्द्रीय कार्यसञ्चालन समूहहरूले सक्रियतापूर्वक कार्य गरिरहेका छन्, राज्य परिषद्का संयुक्त रोकथाम तथा नियन्त्रण संयन्त्रले सबै प्रकारका समन्वयलाई सुदृढ गरिरहेको अवस्था छ । पार्टी कमिटीहरू र सबै तहका सरकारहरू महामारीका विरुद्ध शक्तिशाली समन्वय गरी यस समयको विरुद्ध लड्ने दौडमा रहेका छन् । चीनकै अन्य भाग र विश्वभरका मानिसहरू उहानका साथमा छन् । अवश्य नै यो जीवन र मरणको युद्ध हो तर यस युद्धमा उहान एक्लो छैन । अब कोरोना भाइरस उहान हुँदै समस्त चीनमा फैलिइसकेको छ तर पनि उहानका लागि सहयोग संसारभरबाट आइरहेकै छ । हो ! अवश्य पनि यस महामारीले मानिसलाई एक–अर्काबाट अलग्गै बस्न बाध्य बनाएको छ तर उनीहरूको हृदयलाई भने अझै नजिक बनाएको छ ।
देशको सबै भागबाट उहानमा चिनियाँ नववर्षको अवसरमा औषधीको ओइरो लाग्न थालेपछि, फेब्रुअरी १ तारिखदेखि नै यस महामारीबाट मृत्यु हुनेको सङ्ख्याभन्दा निको हुने सङ्क्रमितको सङ्ख्या बढन थालेपछि, फेब्रुअरी २ देखि हुओशनशान अस्पताल १० दिनमा नै समापन भएपछि, उहानमा अपरिचित मानिसहरूले सहयोगको हात बढाउन थालिसकेपछि र संसारका विभिन्न देशका मानिसहरूबाट उहानका लागि औषधी र आशीर्वादको ओइरो लाग्न थालिसकेपछि अब उहान पनि निको हुने निश्चित भएको छ ।
हजारौँ वर्षदेखि यस भूभागलाई याङजी र हानसुई नदीले संरक्षण र पालन गर्दै आएका छन् । बितेका शताब्दीमा पनि उहानका जनताले आफनो उत्कृष्टताको खोजीमा सफलतासँगै असफलताको अनुभव पनि गर्दै आएका छन् । यो एक बहादुर मानिसहरूको सहर हो । सन् १९११ को क्रान्तिमा पनि उहानबाट उठेको उछाङ विद्रोहले चीनको अन्तिम सामन्ती बादशाह वंशलाई फयाँकेको हो । यही शताब्दीमा नै पनि यस सहरले धेरै बाढी आदिको प्रकोप र सन् २००३ मा सार्स भाइरसको प्रकोप पनि बेहोर्नु वा सहनु परेकै थियो । यी सबै घटनाहरूबाट उहानले गत शताब्दीमा नै एउटा पौरुषीय दृढताको छबि स्थापित गरिसकेकै छ । आज फेरि एक पटक यसले अर्को एक दुःखद् र क्रुर परीक्षाको सामना गर्नु परिरहेको छ ।
कोरोना भाइरसको महामारीलाई फैलिन नदिन झन्डै एक करोड उहानवासीले बसाइका लागि उहान सहरलाई नै रोजे र कोरोनाको महामारी र यसको त्रासलाई सामना गरे । जस्तो कि राष्ट्रपति सीले पनि भन्नुभएको छ कि यो चीन देश इतिहासमा कहिल्यै कुनै पनि अग्नि परीक्षाबाट भागेको छैन र पराजित पनि भएको छैन । बरु त्यस्ता परीक्षाको यसले दृढतापूर्वक सामना गरेको छ र यसबाट अझ शक्तिशाली र प्रखर बनेको छ । इतिहासमा यो पटक पटक यसरी नै कष्टप्रद परीक्षणहरूलाई पार गर्दै आएको छ । उहान समस्त चीनको सूक्ष्म नमुना हो । यसले प्राकृतिक प्रकोपका विभिन्न धेरै कष्ट र कठिनाइको सामना गर्दै चुनौतीहरूलाई जितेर आएको छ । उहान एक नायकहरूको सहर हो, अनि हुपेई र उहानका जनता भनेका बहादुर नायकहरू हुन्, जो इतिहासमा कहिल्यै कुनै
पनि कठिनाइ र व्यवधानबाट विचलित भएनन् ।
“जब यात्रा कठिन हुन्छ, तब त्यो कठिनता नै यात्रा बन्दछ ।” झन्डै एक करोड उहानवासी जनताको दृढताले र झन्डै एक अर्ब चालिस करोड चिनियाँ जनताको सार्थक प्रयासले उहानले निश्चय नै पनि यो दुःखद् आँधीलाई परास्त गर्ने छ । निकट भविष्यमा नै चाँडै एकपटक हामीले फेरि चियाङहानको सडकमा मानिसहरूको आवतजावत गुल्जार भएको देख्ने छौँ, उहानको विश्वविद्यालयमा एक पटक फेरि सुन्दर चेरी फूल फुल्ने छ । अनि समस्त उहान फेरि सजीव स्पन्दनमा सक्रिय बन्ने छ ।
-मकालु प्रकाशन गृहले प्रकाशन गरेको कोरोना भाइरसले बन्दी बनेको उहान पुस्तकबाट











