४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

सारुकको मोबाइलमा ‘सुसाइड नोट’ भेटियो



अ+ अ-

काठमाडौँ । अभिनेता सारुक ताम्राकारको मोबाइलमा ‘सुसाइड नोट’ भेटिएको छ । प्रहरी स्रोतका अनुसार सारुकको मोबाइललाई फरेन्सिक परीक्षणमा पठाउँदा आएको रिपोर्टमा मोबाइलको नोट प्याडमा सुसाइड नोट लेखेको भेटिएको हो ।

प्रहरी स्रोतका अनुसार नोटप्याडमा लेखिएको छ, ‘इट्स अल माई फल्ट, कसैलाई ब्लेम नगर्नु, यो सबै यहीँ इन्ड हुनु थियो, सो सकियो । लेट मि रेष्ट इन पिस, धन्यवाद ।’

३१ वर्षीय अभिनेता सारुक रातोपुलस्थित आफ्नै घरमा असार २१ मा मृत भेटिएका थिए । प्रहरीले ताम्राकारको मोबाइल परीक्षणका लागि प्रहरी प्रधान कार्यालय स्थित डिजिटल फरेन्सिक ल्याबमा पठाएको थियो ।

ल्याबमा प्राविधिक जनशक्ति थोरै भएकाले फरेन्सिक जाँच रिपोर्ट ढिला आएको प्रहरीको भनाई छ । अनुसन्धानमा संलग्न एक जना अधिकृतका अनुसार मोबाइलको रिपोर्टको आधारमा फोन सम्पर्क र म्यासेज विश्लेषण गरेर उनीविरुद्ध दुरुत्साहन भएको थियो कि थिएन भन्नेबारे ‘विश्लेषण’ गरिने जनाइएको छ ।

सारुकले ‘इन्टु मिन्टु लण्डनमा’, ‘मेरी मामु’, ‘रानी’लगायत चलचित्रमा अभिनय गरेका थिए । उनले ‘ह्यासट्याग माया’ को अभिनयमा व्यस्त रहँदै गर्दा आत्महत्याको बाटो रोजेका थिए ।