२३ असार २०८३, मंगलवार
,
Latest
शिवपुरीको रिसोर्टमा परिवारसँग पूर्वराजा ज्ञानेन्द्र शाहले यसरी मनाए जन्मदिन (फाेटाे फिचर) करका दरमा देखिएको प्राविधिक त्रुटी सच्याइएको हो, नियतमा खोट छैनः अर्थमन्त्री डा. वाग्ले बेलहिया नाकाको पार्किङ तथा ट्राफिक व्यवस्थापन गरिने हेटौँडा कपडा उद्योगका भौतिक पूर्वाधार तथा उपकरणको परीक्षण सुरु ठमेलमा बढे भारतीय पर्यटक काँग्रेस–एमाले पूर्वसहमतिअनुसार प्रदेश सरकार हेरफेरको तयारी विनियोजन विधेयक, २०८३ राष्ट्रिय सभाबाट पनि पारित आर्थिक सुधार, सुशासन र पूर्वाधार निर्माणमा सरकारको स्पष्ट मार्गचित्र छः अर्थमन्त्री डा. वाग्ले राहदानी वितरणमा नयाँ प्रणाली लागू हुँदैः आगामी सातादेखि नयाँ कम्पनीले पासपोर्ट छाप्ने भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी
तपाईं के खोज्दै हुनुहुन्छ ?

जानीराखौँ ब्रोकाउली खानुका फाइदाहरु



अ+ अ-

काठमाडौं । प्राय हामीले ब्रोकाउलीको तरकारी खाने गर्दछौं । ब्रोकाउलीको तरकारी खाँदा जति मिठो हुन्छ त्यतिकै स्वस्थ्यकर पनि मानिन्छ । 

ब्रोकाउलीको तरकारी नियमित खानसके मुटुसँग सम्बन्धित रोग न्यूनीकरण हुने, क्यान्सर हुने खतरा कम हुने, मानिसलाई डिप्रेसनको खतराबाट जोगाउनेजस्ता थुप्रै फाइदाहरु रहेका छन् ।

लोकप्रिय तरकारी मध्येको एक हो ब्रोकाउली । यो धेरै गुणहरुले भरिएको हुन्छ । यसमा प्रोटिन, क्याल्सियम, कार्बोहाइड्रेट, आइरन, भिटामिन ए, सी र अन्य पोषक तत्वहरु अत्याधिक मात्रामा पाइन्छ । 

यसमा नुनिलो पदार्थ पनि पाइन्छ । जसले शरीरमा भएको ग्लुकोजको मात्रालाई सन्तुलित बनाई राख्नमा सहयोग गर्छ । ब्रोकाउलीलाई तपाई विभिन्न तरिकाले खानामा समावेश गर्न सक्नु हुन्छ । 

जस्तै सलाद, ब्रोकाउलीको सूप अथवा तरकारी बनाएर पनि खान सकिन्छ । साथै यसलाई हल्का वाफमा उसिनेर खान सकिन्छ ।

 
यस्ता छन् ब्रोकाउली खानुको फाइदाहरुः

डिप्रेसनबाट जोगाउँछः ब्रोकाउलीको सेवनले डिप्रेसनको खतराबाट जोगाउँछ । ब्रोकाउलीमा शरिलाई आवश्यक ‘फोलेट’ कम मात्रामा सेवन गर्नाले डिप्रेशनको खतरा बढ्ने हुन्छ ।  ब्रोकाउलीमा ‘फोलेट’ भन्ने तत्व भरपूर मात्रामा पाईन्छ । साथैँ यो मानसिक स्वास्थ्यका लागि लाभदायी छ ।  

गर्भावस्थामा अति उत्तमः गर्भावस्थामा ब्रोकाउली खानु धेरै फाइदाजनक हुन्छ । गर्भवती महिलाहरुले नियमित रूपमा ब्रोकाउली खानु पर्छ । यसमा पाईने तत्वले बच्चाको स्वास्थ्य र विकासको लागि फाइदा जनक हुन्छ । साथै यसले आमालाई पनि विभिन्न रोगको सक्रमणबाट टाढा राख्छ । 

क्यान्सर हुने खतरालाई कम गर्छः ब्रोकाउलीको सेवनले क्यान्सर हुने खतरालाई कम गर्छ  । ब्रोकाउलीमा ‘फिटाकेमिकल’ अत्यधिक मात्रामा पाइन्छ । यसमा पाइने तत्वहरुले शरीरबाट विषाक्त पदार्थलाई बाहिर निकाल्ने काम गर्छ । 

हृदयघात हुनबाट जोगाउँछः मुटुसँग सम्बन्धित रोगबाट बचाउन ब्रोकाउलीमा ‘क्यारेटेनोइड्स ल्यूटिन’ पाईन्छ । यसले मुटुको धमनिहरुलाई स्वस्थ राख्न मद्दत गर्छ ।  यसको सेवनले हृदयघात हुनबाट जोगाउँछ । ब्रोकाउलीले शरिरको ‘पोटाशियम कोलेस्ट्रोल’को स्तरलाई बढ्नबाट रोक्छ ।