• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo

खेलमैदानको नीरिक्षण गर्न भारत पुग्यो आईसीसीको टोली



तस्बिर: विश्वकपको ट्रफि, अष्ट्रेलियाको भ्रमणमा

एजेन्सी । एकदिवसीय विश्वकप यसै वर्षको अक्टोबर–नोभेम्बरमा भारतमा हुँदैछ । २०२३ को विश्वकप १० सहरमा खेलाइनेछ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)का सुरक्षा, घटनाक्रम र प्रसारण विज्ञ सम्मिलित टोलीले अहिले खेल आयोजना गर्ने रंगशालाको भ्रमण गरिरहेको छ ।

आईसीसीको टोली २५ जुलाईमा मुम्बई पुगेर वानखेडे स्टेडियमको तयारीमा सन्तुष्टि व्यक्त गरेको थियो । आईसीसीको टोलीले अभ्यास खेलका लागि २ स्थानसहित १० सबै आयोजना स्थलको पनि भ्रमण गर्नेछ ।

आईसीसी टोलीले मुम्बईपछि साउथका ३ स्थानको भ्रमण गरेको थियो । टोली २६ जुलाईमा चेन्नईको चेपौक, २७ जुलाईमा त्रिवेन्द्रम स्टेडियम (वार्म अप) र शुक्रबार बैंगलोरको चिन्नास्वामी स्टेडियम पुगेको थियो ।

आईसीसी टुर्नामेन्ट निर्देशक/होस्ट सम्पर्क अधिकारी धीरज मल्होत्राको साथमा टोली शुक्रबार अहमदाबादको नरेन्द्र मोदी स्टेडियम पुगेको थियो । नरेन्द्र मोदी स्टेडियम विश्वकपको मुख्य स्थल हो, जहाँ उद्घाटन खेल र फाइनल खेलाइनेछ । भारत र पाकिस्तानबीचको खेल पनि यही मैदानमा हुनेछ ।

अहमदाबादको भ्रमण सकेर टोली सोमबार (जुलाई ३१) हैदरावादको उप्पल स्टेडियमतर्फ प्रस्थान गर्नेछ । त्यसपछि टोलीले पुणे, दिल्ली, धर्मशाला, लखनउ, कोलकाता र गुवाहाटीको भ्रमण गर्नेछ ।

२०२३ को विश्वकप १० सहरमा खेलाइनेछ । अहमदाबाद (नरेन्द्र मोदी स्टेडियम), बैंगलोर (एम चिन्नास्वामी स्टेडियम), चेन्नई (एमए चिदम्बरम स्टेडियम), दिल्ली (अरुण जेटली क्रिकेट स्टेडियम), धर्मशाला (हिमाचल प्रदेश क्रिकेट एसोसिएशन स्टेडियम), हैदराबाद (राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम, उप्पल) ।

यी बाहेक कोलकाता (इडेन गार्डेन), लखनऊ (अटल बिहारी वाजपेयी एकना क्रिकेट स्टेडियम), मुम्बई (वानखेडे स्टेडियम), पुणे (महाराष्ट्र क्रिकेट संघ स्टेडियम) समावेश छन् । हैदरावादबाहेक गुवाहाटी र तिरुवनन्तपुरमले सेप्टेम्बर २९ देखि अक्टोबर ३ सम्म अभ्यास खेल आयोजना गर्नेछन् ।