५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar आयोवामा नेपाली समुदायको विपद् सहयोग अभियान, ५ हजार ५८ डलर संकलन News Polar आफैं केही बनाउन सक्दैनौं भने अरुले बनाएका संरचना विनाश नगरेर भए पनि सहयोग गरौं: क्रान्तिशिखा धिताल News Polar भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको काम तीव्र News Polar करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु News Polar भोटेकोशी–त्रिशूली बाढीबाट पर्यटन क्षेत्रमा रु ५२ अर्ब ६७ करोडको क्षति भएको प्रतिवेदन पेश News Polar राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन News Polar कोशी कटानको त्रासमा श्रीलङ्का टप्पुका बासिन्दा News Polar ऋण असुलीबाट समस्याग्रस्तका ६ सहकारीका ७९ जना बचतकर्ताले पाए रकम फिर्ता News Polar पक्राउ परेका सबैलाई स्वचालित रूपमा हत्कडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश News Polar टाइफुन ‘डुजुआन’ जापानतर्फ बढ्दै, सयौँ उडान रद्द News Polar प्रा. शिवहरि मरहट्टाको ‘परदेश र अनुभूति’ विमोचन News Polar पार्टीभित्रको असहमति दबाउने शैलीले बढायो निराशा र जनआक्रोश News Polar मूल्यवृद्धिको दोष खुद्रा व्यापारीलाई मात्र दिनु गलतः अध्यक्ष बज्राचार्य News Polar आपूर्ति प्रणालीका समस्या समाधान गर्न ‘वान डोर’ अनुगमन आवश्यकः महानिर्देशक लुइँटेल News Polar महिला भलिबलः नेपाल हङ्कङसँग पराजित News Polar अन्नपूर्ण बेस क्याम्प पुग्यो अन्नपूर्ण स्पाइकर किंग्सको ‘गौरवको यात्रा’ ट्रफी News Polar कुलेश्वरमा कवाडी गोदाममा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी News Polar बाढी प्रभावितको पुनःस्थापना र सामाजिक संरक्षणमा मन्त्री बादीको चासो, उत्तरगया अध्यक्षसँग छलफल News Polar बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको पुनर्निर्माण तीव्र, पिमलटार–जागाराम पुलको मर्मत सम्पन्न News Polar स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

खेलमैदानको नीरिक्षण गर्न भारत पुग्यो आईसीसीको टोली

खेलमैदानको नीरिक्षण गर्न भारत पुग्यो आईसीसीको टोली
तस्बिर: विश्वकपको ट्रफि, अष्ट्रेलियाको भ्रमणमा
अ+ अ-

एजेन्सी । एकदिवसीय विश्वकप यसै वर्षको अक्टोबर–नोभेम्बरमा भारतमा हुँदैछ । २०२३ को विश्वकप १० सहरमा खेलाइनेछ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)का सुरक्षा, घटनाक्रम र प्रसारण विज्ञ सम्मिलित टोलीले अहिले खेल आयोजना गर्ने रंगशालाको भ्रमण गरिरहेको छ ।

आईसीसीको टोली २५ जुलाईमा मुम्बई पुगेर वानखेडे स्टेडियमको तयारीमा सन्तुष्टि व्यक्त गरेको थियो । आईसीसीको टोलीले अभ्यास खेलका लागि २ स्थानसहित १० सबै आयोजना स्थलको पनि भ्रमण गर्नेछ ।

आईसीसी टोलीले मुम्बईपछि साउथका ३ स्थानको भ्रमण गरेको थियो । टोली २६ जुलाईमा चेन्नईको चेपौक, २७ जुलाईमा त्रिवेन्द्रम स्टेडियम (वार्म अप) र शुक्रबार बैंगलोरको चिन्नास्वामी स्टेडियम पुगेको थियो ।

आईसीसी टुर्नामेन्ट निर्देशक/होस्ट सम्पर्क अधिकारी धीरज मल्होत्राको साथमा टोली शुक्रबार अहमदाबादको नरेन्द्र मोदी स्टेडियम पुगेको थियो । नरेन्द्र मोदी स्टेडियम विश्वकपको मुख्य स्थल हो, जहाँ उद्घाटन खेल र फाइनल खेलाइनेछ । भारत र पाकिस्तानबीचको खेल पनि यही मैदानमा हुनेछ ।

अहमदाबादको भ्रमण सकेर टोली सोमबार (जुलाई ३१) हैदरावादको उप्पल स्टेडियमतर्फ प्रस्थान गर्नेछ । त्यसपछि टोलीले पुणे, दिल्ली, धर्मशाला, लखनउ, कोलकाता र गुवाहाटीको भ्रमण गर्नेछ ।

२०२३ को विश्वकप १० सहरमा खेलाइनेछ । अहमदाबाद (नरेन्द्र मोदी स्टेडियम), बैंगलोर (एम चिन्नास्वामी स्टेडियम), चेन्नई (एमए चिदम्बरम स्टेडियम), दिल्ली (अरुण जेटली क्रिकेट स्टेडियम), धर्मशाला (हिमाचल प्रदेश क्रिकेट एसोसिएशन स्टेडियम), हैदराबाद (राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम, उप्पल) ।

यी बाहेक कोलकाता (इडेन गार्डेन), लखनऊ (अटल बिहारी वाजपेयी एकना क्रिकेट स्टेडियम), मुम्बई (वानखेडे स्टेडियम), पुणे (महाराष्ट्र क्रिकेट संघ स्टेडियम) समावेश छन् । हैदरावादबाहेक गुवाहाटी र तिरुवनन्तपुरमले सेप्टेम्बर २९ देखि अक्टोबर ३ सम्म अभ्यास खेल आयोजना गर्नेछन् ।