२९ चैत्र २०८१, शुक्रबार
April 11, 2025 Friday

17.27°C

काठमाडौं

17.27°C

Kathmandu

Feels-like: 17.51

Wind: 2.06

Humidity: 94

Latest
विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने गोली लागेर एक सैनिकको मृत्यु विसु पर्व मनाउन घर फर्कदै नेपाली खेलकुद राष्ट्रको पहिचान र गौरवको आधारशिला हो मादी नदीमा डुबेर बालकको मृत्यु शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह केन्द्रीय समितिको बैठकबारे रास्वपाका कार्यवाहक सभापति अर्यालले कारागारमै पुगेर गरे सभापति रविसँग छलफल डेडिकेटेड तथा ट्रंकलाइन विवाद समाधान गर्न उद्योगीसँग छलफल सभामुख घिमिरेद्वारा दिगवङ्त सांसद बोहोराप्रति श्रद्धान्जली व्यक्त नेपाली साहित्यको विकासमा मस्र्याङ्दी प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुन काण्डमा राम्रो अनुसन्धान भएन भने गृह र अर्थमन्त्रीको राजीनामा माग्ने अवस्था आउन सक्छ: नेता पौडेल



अ+ अ-

बुटवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले सुन काण्डमा राम्रोसँग अनुसन्धान नभए गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्ने अवस्था आउन सक्ने बताउनुभएको छ । पौडेलले भरिया मात्रै नभएर जरैसम्म छानबिन गर्नुपर्ने बताउनुभयाे  ।

आइतबार बुटवलमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सुन बरामद प्रकरणमा भरिया मात्रै नभएर जरैसम्म छानबिन गर्नुपर्ने बताउनुभयो । भ्रष्टाचार नियन्त्रणका लागि दलहरू सच्चिन आवश्यक रहेको उहाँको भनाइ थियो ।

फरक प्रसङ्गमा उहाँले सङ्घीयतालाई बलियो बनाउनका लागि सांसदहरूको सङ्ख्या घटाउनु पर्ने धारणा राख्नुभयो । हालै सम्पन्न कांग्रेस केन्द्रीय समितिको बैठकमा यो विषयले प्रवेश पाएको उहाँले बताउनुभयो ।

सङ्घीय संसद्को सङ्ख्या घटाएर २०१ सदस्यीय बनाउने र सोही अनुसार प्रदेशसभामा समेत सङ्ख्या घटाउनु पर्ने उहाँको भनाइ थियो । नेता पौडेलले घटाइएको सङ्ख्यामा सबै जातजाति, समुदाय, महिला, सीमान्तकृतलगायत सम्पूर्णको समान प्रतिनिधित्व हुने गरी निर्वाचन प्रणाली लागू गर्नुपर्ने बताउनुभयो । यसरी राजनीतिक प्रशासन र खर्चलाई घटाएर ब्युरोक्रेसीमा हुने खर्चलाई पनि घटाउन सकिने उहाँको भनाइ थियो ।

पूँजीगत खर्चभन्दा चालु खर्च ४ गुणा बढी भएको उल्लेख गर्दै उहाँले त्यसलाई पनि पूरा खर्च गर्न नसकिएको बताए । पछिल्लो १५ वर्षको तथ्याङ्कमा सबैभन्दा बढी ५८ प्रतिशत मात्रै पूँजीगत खर्च हुन सकेको उहाँले बताउनुभयो ।

नेता पौडेलले भ्रष्टाचार, अनियमितताले नै यति धेरै बेरुजु निस्किएको भन्दै यसको नियन्त्रणका लागि पनि संसद् सङ्ख्या घटाउनु पर्नेमा जोड दिनुभयो ।

पौडेलले नेपाली कांग्रेस केन्द्रीय समितिले बैठकमा भएको लाइभले अब निरन्तरता पाउने बताउँदै अब पछाडि फर्कन नसक्ने बताउनुभयो ।