७ चैत्र २०८१, बिहीबार
March 20, 2025 Thursday

12.27°C

काठमाडौं

12.27°C

Kathmandu

Feels-like: 11.54

Wind: 1.03

Humidity: 76

तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?



अ+ अ-

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा साता कारोबारको पहिलो दिन अर्थात् आइतबार सुन–चाँदीको मूल्य बढेको छ।

आज छापावाल सुन प्रतितोला तीन सय रुपैयाँले बढेर एक लाख १२ हजार नौ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार छ सय रुपैयाँमा कारोबार भएके थियो ।

यस्तै आईतबार तेजाबी सुन प्रतितोला एक लाख १२ हजार तीन सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबारमा उक्त सुन प्रतितोला एक लाख १२ हजार ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ५ रुपैयाँ बढेर १४ सय ५५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।