• ११ असार २०८१, मंगलवार
  •      Tue Jun 25 2024
  •   Unicode
Logo
Latest
★   चन्द्रमाको सतहबाट नमूना लिएर पृथ्वीमा फर्कियो चीनको यान ★   नेपालमा अष्ट्रेलियन लगानी ल्याउन पहल गर्छु: वाणिज्यदूत शर्मा ★   झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी बिरुद्धको मुद्दा: सचिव र मेयरलाई सफाई ,अरु दोषी ठहर ★   ‘इट्स माइ शो’को विषयबारे अनमोलले के भने ? ★   अन्तर्राष्ट्रिय ‘मैथिली फिल्म फेस्टिभल’ सुरु ★   समाजवादी आन्दोलनको नयाँ प्रवाह शुरु भएको छः झलनाथ खनाल ★   गलत प्रवृत्तिका विरुद्धमा नयाँ सांस्कृतिक जागरण पैदा गर्न आवश्यकः अध्यक्ष नेपाल ★   महाकालीको कटान रोक्न कुतियाकबरमा जैविक तटबन्ध ★   आन्तरिक वा बाह्य ऋण उत्पादनमूलक क्षेत्रमा खर्च गर्छौँ: अर्थमन्त्री पुन ★   करेन्ट लागेकालाई बचाउन खोज्नेको मृत्यु, अर्का घाइते

आजबाट पातलो प्लास्टिक झोला जफत गरिने, सबै वडामा मेसिनसहित नगरप्रहरी पुग्दै



काठमाडौं । काठमाडौं महानगरपालिकाले आजबाट ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोलाको उत्पादन, आयात र बिक्रीवितरण गरे जफत गर्ने भएको छ ।

त्यसको लागि कामपा वातावरण व्यवस्थापन विभागले महानगरका करिब ५० जना प्रहरी निरीक्षकलाई तालिम दिइसकेको छ । तालिमप्राप्त महानगर प्रहरीले माइक्रोन मापन मेसिनसहित अनुगमन गर्ने बताइएको छ ।

कामपाले यही साउन १ गतेदेखि ४० माइक्रोन भन्दा पातलो माइक्रोनको प्लास्टिकको झोला, प्लास्टिकको पुष्पगुच्छा र माला प्रतिबन्ध लगाइसकेको छ । तर, प्रभावकारी कार्यान्वयन गर्न आइतबारबाट नगर प्रहरी परिचालन गरी ती सामग्री जफत गर्न लागिएको हो ।

साउन १ गतेदेखि नै प्रहरी टोली परिचालन गर्ने कामपाले तयारी गरेको भए पनि सोही दिनबाट उपत्यकाको फोहोर व्यवस्थापन गर्न समस्या भएकोले त्यसमा ध्यान दिन नसकिएको जानकारी दिँदै कामपा वातावरण विभाग प्रमुख रविनमान श्रेष्ठले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘आइतबारबाट भने प्रभावकारी कार्यान्वयन गर्नेछौं ।’ उहाँले वडा अध्यक्षको समन्वयमा अनुगमन गर्ने क्षेत्र तय गरी पूर्ण रूपमा अनुगमन शुरू गर्ने जानकारी दिनुभयो ।

मेसिनसहितको टोली परिचालन हुनेछन्, ४० माइक्रोनभन्दा पातलो प्लास्टिक र पुष्पगुच्छा र माला बिक्री वितरण गरेमा तत्काल जफत गरिने छ । यसअघि बिसं २०७२ वैशाख १ गतेदेखि लागु हुने गरी ४० माइक्रोनभन्दा पातलो प्लास्टिकमा प्रतिबन्ध लगाइएको थियो । भूकम्पको कारण कार्यान्वयन हुन नसकेपछि सो नियम पुन: ब्युँताएर फेरि कार्यान्वयन गर्न लागिएको हो ।

गत वर्ष साउन २८ मा सर्वोच्च अदालतले ४० माइक्रोनभन्दा कमका प्लास्टिक प्रतिबन्ध लगाउन अन्तरिम आदेश दिएलगत्तै वन तथा वातावरण मन्त्रालयले सोसम्बन्धी निर्णयगरी कार्यविधि तयार गरेको थियो । तथापि, सो नियम कार्यान्वयन हुन सकेको थिएन ।

नेपालमा झन्डै २ सयवटा प्लास्टिक उद्योग भएको अनुमान गरिएको छ। वि।सं। २०७८ मा वातावरण विभागले प्लास्टिक झोला प्रतिबन्धसम्बन्धी कार्यायोजन तयार गरेको थियो । सोही समय किटान गरेरै तयार गरेको कार्ययोजना पूर्ण रूपमा लागु हुन सकेन ।

कार्ययोजनामा स्तर वृद्धि गर्ने उद्योगलाई अनुदान दिने, झोला उत्पादनकर्ताको अभिलेख राख्नुपर्ने, ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको उत्पादन, आयात, बिक्री वितरण र प्रयोगमा पूर्ण रोक लगाउने उल्लेख छ । वन तथा वातावरण मन्त्रालयले वि. सं. २०७८ भदौ २८ गते राजपत्रमा सूचना प्रकाशित गरी वातावरण संरक्षण ऐन २०७६ को दफा १५ को उपदफा ६ ले दिएको अधिकार प्रयोग गरी ४० माइक्रोनभन्दा पातलो झोला प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । नेपाल समाचारपत्रमा खबर छापिएको छ ।