एजेन्सी । फ्रेन्च कप फुटबलको फाइनल खेलका लागि आज राति पेरिस सेन्ट जर्मेन (पीएसजी) र मोनाकोले प्रतिस्पर्धा गर्दैछन् ।
स्टेड डे फ्रान्स स्टेडियममा दुबै टिम उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रनेछन् । फ्रेन्च कपको सर्वाधिक सफल टिम पीएसजीले हालसम्म १३ पटक उपाधिमाथि कब्जा गरेको छ ।
यस्तै मोनाकोले पाँच पटक उपाधि जितेको छ । पीएसजीले सेमिफाइनलमा मोन्टपेलियरलाई पेनाल्टी सुटआउटमा ६-५ गोल अन्तरले पराजित गरेको थियो ।
यस्तै मोनाकोले सेमिफाइनलमा दोस्रो डिभिजनको क्लब रुम्ली भालियर्सलाई ५-१ गोल अन्तरले हराएको थियो ।
फाइनल खेल राति १ बजे सुरु हुनेछ ।











