२३ असार २०८३, मंगलवार
,
Latest
अर्थमन्त्रीको दाबीः सरकारले सय दिनमा अभुतपूर्व काम गरेको छ लचिलो मौद्रिक नीति सार्वजनिक, मुद्रास्फीति ५.५ प्रतिशतभित्र राख्ने लक्ष्य (पूर्णपाठ) बैंक तथा वित्तीय संस्थाको पुनर्वर्गीकरण गरिने, पुँजी परिचालन लागत घटाउने राष्ट्र बैंकको नीति राष्ट्रिय हित र सन्तुलित कुटनीतिमा सरकार प्रतिवद्धः परराष्ट्रमन्त्री खनाल उद्योग समितिद्वारा बालाजु औधोगिक क्षेत्रको स्थलगत अनुगमन कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा आठ सदस्य मनोनयन कञ्चनपुरमा हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती पर्वतका सबै सामुदायिक विद्यालयमा स्मार्ट बोर्ड सरकारले विद्युत उत्पादन भन्दा प्रशारण र वितरण प्रणालीको सुदृढिकरणमा जोड दिएको छः ऊर्जामन्त्री श्रेष्ठ आज अपराह्न ३ः४० बजे मौद्रिक नीति सार्वजनिक हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

फ्रेन्च कपः उपाधिका लागि पीएसजी र मोनाको भिड्दै



अ+ अ-

एजेन्सी । फ्रेन्च कप फुटबलको फाइनल खेलका लागि आज राति पेरिस सेन्ट जर्मेन (पीएसजी) र मोनाकोले प्रतिस्पर्धा गर्दैछन् । 

स्टेड डे फ्रान्स स्टेडियममा दुबै टिम उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रनेछन् । फ्रेन्च कपको सर्वाधिक सफल टिम पीएसजीले हालसम्म १३ पटक उपाधिमाथि कब्जा गरेको छ ।

यस्तै मोनाकोले पाँच पटक उपाधि जितेको छ । पीएसजीले सेमिफाइनलमा मोन्टपेलियरलाई पेनाल्टी सुटआउटमा ६-५ गोल अन्तरले पराजित गरेको थियो ।

यस्तै मोनाकोले सेमिफाइनलमा दोस्रो डिभिजनको क्लब रुम्ली भालियर्सलाई ५-१ गोल अन्तरले हराएको थियो ।

फाइनल खेल राति १ बजे सुरु हुनेछ ।