२३ असार २०८३, मंगलवार
,
Latest
शिवपुरीको रिसोर्टमा परिवारसँग पूर्वराजा ज्ञानेन्द्र शाहले यसरी मनाए जन्मदिन (फाेटाे फिचर) करका दरमा देखिएको प्राविधिक त्रुटी सच्याइएको हो, नियतमा खोट छैनः अर्थमन्त्री डा. वाग्ले बेलहिया नाकाको पार्किङ तथा ट्राफिक व्यवस्थापन गरिने हेटौँडा कपडा उद्योगका भौतिक पूर्वाधार तथा उपकरणको परीक्षण सुरु ठमेलमा बढे भारतीय पर्यटक काँग्रेस–एमाले पूर्वसहमतिअनुसार प्रदेश सरकार हेरफेरको तयारी विनियोजन विधेयक, २०८३ राष्ट्रिय सभाबाट पनि पारित आर्थिक सुधार, सुशासन र पूर्वाधार निर्माणमा सरकारको स्पष्ट मार्गचित्र छः अर्थमन्त्री डा. वाग्ले राहदानी वितरणमा नयाँ प्रणाली लागू हुँदैः आगामी सातादेखि नयाँ कम्पनीले पासपोर्ट छाप्ने भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्य मापदण्ड अपनाउँदै अधिकारी र रसाइली ओलम्पिकको तयारी गर्दै



अ+ अ-

काठमाडौं । वाइल्ड कार्डबाट टोकियो ओलम्पिक २०२१ मा सहभागिता जनाउने लक्ष्यका साथ अहिले नेपाली कराँते खेलाडी ललितपुरस्थित सातदोबाटोको कर्भड हलमा व्यस्त छन् । अनु अधिकारी र नविन रसाइलीले स्वास्थ्य मापदण्ड पूरा गरेर दैनिक अभ्यासमा जुटिरहँदा उनीहरुको लक्ष्य ओलम्पिक सहभागिता रहेको छ ।  

कोरोनाको दोस्रो लहर काठमाडौं उपत्यकामा उच्च गतिमा फैलिरहेको छ । तर पनि टोकियो ओलम्पिक तयारी गरिरहेका कराँते खेलाडीले स्वास्थ मापदण्ड पूर्ण रुपमा पालना गर्दै तयारीलाई तीब्रता दिइरहेका छन् । अनु अधिकारी र नविन रसाईली वाइल्ड कार्डमार्फत सहभागिता जनाउने लक्ष्यका साथ कठोर मेहनत गरिरहेका छन् । खेलाडीलाई अभ्यास दिइरहेका कराँतेका प्रशिक्षक दीपक श्रेष्ठले महामारीका बीच पनि तयारी गरिरहेको बताए ।

वाइल्ड कार्डबाट ढोका खोल्ने लक्ष्य राखेका खेलाडीले २०२१ मा जापानमा हुने ओलम्पिकका लागि अभ्यासलाई निरन्तरता दिइरहेका हुन । नेपाली कराँतेले इतिहास रचेको सबैमा सर्वविदितै छ । टोकियो ओलम्पिक कोरोनाकै कारण एक वर्षका लागि धकेलिए पनि तयारी गरिरहेका खेलाडीमा महामारीले अन्योल छाएको छ । नेपाली खेलाडीमा पनि त्यसको असर देखियो अनि अभ्यास केही समय स्थगित पनि भयो । तर सरकारले अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेललाई पूर्ण रुपमा स्वास्थमापदण्ड पालना गदै अभ्यासको अनुमति सँगै नेपाली खेलाडी पनि अभ्यासमा व्यस्त भएका हुन् । तयारीमा रहेका खेलाडीलाई पारिवारिक रुपमा स्वास्थ्य मापदण्ड अपनाएर अभ्यासलाई निरन्तरता दिन निर्देशन दिएको प्रशिक्षक श्रेठले बताए ।

टोकियो ओलम्पिक आयोजना हुने नहुने अझै अनिश्चित छ । विभिन्न स्तरमा प्रतियोगिता रोकिने  चर्चा चलिरहेका छन् भने आयोजकले स्वास्थ मापदण्डलाई कठोर रुपमा पालना गर्दै प्रतियोगिता सम्पन्न गर्ने जनाइरहेको छ । अन्योलबीच खेलाडीको मनोबललाई उच्च राख्नका लागि अभ्यासलाई निरन्तरता दिइरहेको बताउँछन् प्रशिक्षक श्रेष्ठ ।

ओलम्पिकका लागि नेपालबाट वाइल्ड कार्डका लागि तयारीमा रहेका १२ खेलाडी मध्ये करातेका अनु अधिकारी र नविन रसाइलीले अभ्यास गरिरहँदा अन्यको अभ्यास भने चुस्त हुन सकेको छैन । १२ खेलाडी वाइल्ड कार्डको पर्खाइमा रहँदा नेपालका अन्य तीन खेलाडी भने युनिभर्सल कोटामा छनोट भइसकेका छन् । स्विमिङबाट गौरिका सिंह र एलेक्स शाह तथा एथ्लेटिक्सबाट गोपी चन्द्र पार्कीको सहभागिता निश्चित भइसकेको छ । अन्य खेलाडीको हकमा भने अझै अनिश्चित छ ।