पोखरा । गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिमण्डल विस्तार गर्नुभएको छ । जसमा पुरानै अनुहार दोहोरिएका छन् ।
पुनर्नियुक्त भएकामध्ये किरण गुरुङलाई मात्रै आर्थिक तथा मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
अन्य बाँकी रामशरण बस्नेत, विकास लम्साल र नरदेवी पुनमगरको जिम्मेवारी भने तोकिएको छैन ।
उहाँहरूलाई मुख्यमन्त्री गुरुङको उपस्थितिमा प्रदेश प्रमुख सीता पौडेलले सपथ ग्रहण गराउनुभएको हो । आजै बस्ने मन्त्रिपरिषद्को बैठकले मन्त्रीहरूको जिम्मेवारी बाँडफाँड गर्ने बताईएको छ ।
पुनर्नियुक्त हुनुभएका मन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’ भने सपथमा सहभागी हुनुभएन । उहाँ कामविशेषले जिल्लाबाहिर भएकाले सपथग्रहण कार्यक्रममा सहभागी नभएको बताइएको छ ।











