१९ भाद्र २०८३, शुक्रबार
,
Latest
एसियाली खेलकुदका खेलाडीलाई पहिलोपटक विमानस्थलमै ‘भीआईपी’ सुविधा भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानका लागि क्षतिको विवरण संकलनदेखि वैकल्पिक सडक र नाका सञ्चालनसम्मको पहल कृष्ण जन्माष्टमीः कृष्ण मन्दिरका चारै ढोका खुला, विशेष आरती गरिँदै ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’ ‘पहिरोले आंशिक थुनिएको चौलानी नदीको बहाब सामान्य’ श्रीकृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा पाटनको कृष्ण मन्दिरमा पूजाअर्चना विपदमा बाल संरक्षणलाई प्राथमिकता दिन सिजपकाे आग्रह शिक्षण अस्पताल पुगेर सञ्चारमन्त्री तिमिल्सिनाले लिनुभयो भोटेकोशी बाढीपीडितको स्वास्थ्य अवस्थाबारे जानकारी बाढीले क्षति पुर्‍याएका २० झोलुङ्गे पुल मर्मतमा सरकार युद्धस्तरमा भदौ २२ र २३ गते राहदानी विभागका सेवा नियमित सञ्चालन हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुरका मेयर चिरिबाबुलाई गिज्याईरहेको सानेपाको सडक



अ+ अ-

ललितपुर । ढलको उचित व्यवस्थापन नहुँदा ललितपुर महानगरपालीका वडा नं २ कुपण्डोल सानेपा क्षेत्र डुबानमा परेको छ । वर्षासँगै आएको बाढीले यस क्षेत्रका अधिकांश सडकमा पानी जम्ने गरेको छ।

सडकको किनारबाट पानी पठाउने व्यवस्था नहुनु र ढल व्यवस्थापनमा धेरै त्रुटि भएका कारण यो क्षेत्र जलमग्न बन्ने गरेको हो। ढल फुटेर सडकबाट पानीको भेल निस्कने गरेको छ। जसका कारण कालोपत्र गरिएको सडक पनि ढलको पानीले उप्काएको छ ।

पानी परेपछि सडक र पसलको पेटीबाटै खोलो नै बग्ने गरेकाले स्थानीयवासी सडक पार गर्नसमेत सक्दैनन्। सडकमा भएका  खाल्डासमेत भरिएर आउने बाढीका कारण मोटरसाइकल, साइकल र स्कुटर चलाउनेले खाल्डो नदेख्दा दुर्घटनासमेत हुने गरेको छ।

घुँडासम्म आउने ढलको पानीमा सर्वसाधारण हातमा जुत्ता बोकेर पैदल हिँड्न बाध्य छन्। स्थानीयले वर्षौंदेखि यस्तो समस्या खेप्दै आएका हुन्। धेरैपटक स्थानीयवासीले सम्बन्धित निकाय तथा जनप्रतिनिधिसँग बाटो मर्मत तथा स्तरोन्नतिका लागि माग गरेपनि हुन्छ भन्ने तर काम नगर्ने प्रवृत्तिले हैरान भएका छन्।

ठूलो पानी पर्दा सडकबाटै खोला बग्छ । पानी र हिलोले भरिएको खाल्डोे नदेखिदा साना केटाकेटी, वृद्धवृद्धा तथा युवासमेत खाल्डोमा चुर्लुम्म डुब्ने गरेका छन्। यो नियति पटकपटक भोग्दै आएका छन्। जनकपुर कजेज देखी जोगमेयर श्रेष्ठको निबाससम्म सडकमा बगेको पानी देखाउँदै स्थानीय अब्दुल सत्तारले भन्नुभयो ‘हेर्नुस् त यो सडक हो कि खोला हो? यहाँबाट कसरी पार हुने ? यस्तो दुर्दशा कहिलेसम्म सहने?

सडकको सास्तीले दिनहुँ हैरानी खेप्नुपरेको स्थानीयवासीको समयमै सडक बनाएर ढलको उचित व्यवस्थापन गर्नुपर्ने र यस्ता समस्याको समाधान गर्नुपर्ने माग छ । जनप्रतिनिधिको बेवास्ताले स्थानीयबासीको मागको सम्बोधन नभएको उनीहरुको गुनासो छ । सरकारले यस विषयमा उपयुक्त निर्णयका साथ उचित समाधान गर्नुपर्ने उनिहरुको माग गरेको छ ।