४ आश्विन २०८१, शुक्रबार
,
Latest
बार्सिलोना मोनाकोसँग पराजित, आर्सनल र एटलान्टाको बराबरी एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्ता छन् मेवाका ५ फाइदा



अ+ अ-

एजेन्सी । सबै प्रकारका भिटामिन पाइने एकमात्र फल हो मेवा । यसमा भिटामिन ए, बी, सी र फाइबर भरपूर हुन्छ । यसका अतिरिक्त यसमा फस्फोरस, पोटेसियम, आइरन, एन्टीअक्सिडेन्ट्स, कार्बोहाइड्रेट, प्रोटीन र सोडियम जस्ता खनिज पदार्थ हुन्छ । यी सबै स्वास्थ्यका लागि लाभदायक हुन्छन् ।

मेवामा भरपूर मात्रामा क्याल्सियम, केरोटाइन र भिटामिन हुन्छन् र यी आँखाका लागि लाभदायक हुन्छन् । यिनीहरूको सेवनले रतन्धो हुनबाट रोक्छ । बच्चाहरूलाई मेवा खुवाउनुभयो भने सानैमा चश्मा लगाउनुपर्ने स्थिति आउँदैन ।

बिहान खाली पेट मेवा र कागती पिउँदा घरीघरी भोक लाग्दैन । यसमा टन्न पेक्टिन फाइबर हुन्छ र यसले आन्द्रालाई राम्रो काम गर्ने अवसर दिन्छ । तौल घटाउन पनि यसले मद्दत गर्छ ।

मेवालाई काटेर त्यसमा मरिच, बीरेनून र कागतीको रस हाल्नुभयो भने खानेकुरा सजिलै पच्छ । अनि यसले कब्जियत पनि हटाउँछ । छेर लाग्ने र मूत्रसमस्या पनि यसले निको पार्छ ।

मेवाले कलेजो बलियो बनाउँछ । दिनदिनै दुई चम्चा मेवाको रसमा आधा चम्चा कागतीको रस मिसाएर पिउँदा लिभर सिरोसिस हुन पाउँदैन । अनि प्रोस्टेट क्यान्सर र ब्लड क्यान्सर पनि यसले रोक्छ ।

मेवामा प्रचूर फाइबर, भिटामिन सी र एन्टीअक्सिडेन्ट पाइन्छन् । यिनले कोलेस्ट्रोलाई नियन्त्रणमा राख्छन् र मुटुसम्बन्धी समस्या हटाउँछन् । रक्तचाप पनि नियन्त्रणमा राख्छन् ।