२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू

जहाँ राइट ब्रदर्सले पहिलो पटक बिमान उडाए -फोटो फिचर

जहाँ राइट ब्रदर्सले पहिलो पटक बिमान उडाए -फोटो फिचर
अ अ+ अ-

नर्थ क्यारोलिना (अमेरिका)। आकाशमा उडिरहेका हजारौँ हवाईजहाज हामीले देखिरहेका हुन्छौं । बालकदेखि वृद्धसम्म सबैका मनमा कौतुहल जागिरहन्छ आखिर ती विमान शुरुमा कसले बनाएका होलान् ? उनीहरुको प्रतिमालाई छुन पाए ? रावणले पुष्पक विमानमा राखेर सीतालाई अपहरण गरेको कथा सुनेका हामीहरुले आजभोलिका आधुनिक विमानको आविस्कार अमेरिकामा भएको थियो भनेर सुनेका छौं ।

आज हामीले तपाइँहरुलाई तिनै विमान बनाउने दुई दाजुभाइको कथा लिएर आएका छौं । हामी नेपालीमाझ “सपनाको देश” भनिने संयुक्तराज्य अमेरिकामा आजभन्दा झण्डै १२० वर्ष पहिले राइट ब्रदर्स (ओल्भिर राइट र विल्भर राइट) ले पहिलो पटक मोटर–इन्जिनको सहायताले विमान उडाएका थिए । पहिलो नमुना हवाइजहाज उडाउने राइट दाजुभाइको नाम इतिहासका पानामा सधैँ सुनौला अक्षरले लेखिएको छ ।

राइट ब्रदर्सले तयार पारेको जहाज अमेरिकाको नर्थ क्यारोलिना स्थित किल डेभिल हिल्समा पहिलो पटक उडाएका थिए । साइकल, प्रिन्टिङ प्रेस, मोटरसाइकलका वर्कसप चलाएर बसेका यी दाजुभाइले हावामा कुनै वस्तुलाई कसरी अड्याउन, दायाँबायाँ मोड्न र अगाडि बढाउन सकिन्छ भनेर निकै अध्ययन गरेका थिए । माध्यमिक तह मात्र पढेका भए पनि उनीहरुले आफ्नो वर्कसपबाटै यो अदभूत सीप सिकेको पाइन्छ, र खासगरी साइकल नै उनीहरुको प्रेरणाको मुख्य स्रोत रहेको थियो ।

तिनै राइट ब्रदर्सको स्मृतिमा अमेरिकाको नर्थ क्यारोलिना स्थित किल डेभिल हिल्समा राइट ब्रदर्स मेमोरियल सेन्टर स्थापना गरिएको छ । यही स्थानबाट राइट ब्रदर्सले सन् १९०३ डिसेम्बर १७ मा पहिलो उडान गरेका थिए । यहाँ पहिलो विमानदेखि विमान निर्माणका लागि प्रयोग भएका सामग्री, राइट ब्रदर्स बस्ने घरदेखि उनीहरुले प्रयोग गरेका सम्पूर्ण सामग्री सुरक्षित तवरले राखिएको छ । सो स्थान अमेरिकाको प्रमुख एक पर्यटकीय गन्तव्यका रुपमा समेत रहेको छ ।

हवाइजहाजको इतिहास, हवाइजहाजको आविष्कार कसले ग–यो ? पहिलो उडान भएको स्थान कस्तो रहेछ भन्दै हेर्न यहाँ दैनिक हजारौँ पर्यटक तथा अन्वेषकहरु पुग्ने गरेका छन् ।

यहाँ राइट ब्रदर्सको स्मृतिमा ६० फिट अग्लो ग्रेनाइटको प्रतिमा स्थापना गरिएको छ । जहाँ लेखिएको छ, ‘निडर सङ्कल्प र अतुलनीय विश्वासद्वारा प्राप्त वायु प्रतिभाको विजयको सम्झनामा ।’ यहाँबाट समुद्र र शहरहरू टाढाटाढासम्म देख्न सकिन्छ । यो टावर २५ वर्षको उडानको स्मृतिमा सन् १९२८ मा निर्माण गरिएको थियो । सन् १९६० को दशकसम्म राइट ब्रदर्स मेमोरियललाई आजको जस्तो रुप दिइएको थिएन ।

सन् १९६० को डिसेम्बरमा मात्र आगन्तुक केन्द्र खोलिएको थियो । ९९०० वर्गफिटमा फैलिएको यस क्षेत्रमा राइट ब्रदर्सले के गरे र कसैले गर्न नसक्ने कुरा कसरी पूरा गरे भनेर पूर्ण विवरण राखिएको छ । यहाँ राखिएको जानकारी अनुसार पहिलो ग्लाइडरलाई राइट भाइहरूले इन्धनयुक्त मेसिनमार्फत उडाएका थिए, जुन १२ सेकेन्डसम्म हावामा रह्यो र तल आयो । तर सबैभन्दा महत्वपूर्ण कुरा, यसमा ग्लाइडरलाई कुनै क्षति भएन । दिनभर प्रयास जारी रह्यो र अन्तमा उक्त ग्लाइडरले ८३५ फिटको दूरी पार ग–यो र ५९ सेकेन्डसम्म हावामा रह्यो । यो सफलताले राइट भाइहरूका लागि अक्सिजनको काम ग–यो ।

करिब दुई वर्षपछि अर्थात् १९०५ मा उनीहरु आफ्नो प्रयोगमा निक्कै निपूर्ण भए । सोही वर्ष उनीहरुले ३५ माइल प्रतिघण्टाको गतिमा २४ माइलको दूरी पार गरे । यो कुरा धेरै मानिसहरूमा फैलियो । तर सबैभन्दा अचम्मको कुरा यो थियो कि अहिलेसम्म यसबारे कुनै समाचार पत्र वा टिभीमा देखाइएको थिएन । यस्तो मेसिन पनि आविष्कार भएको छ जसले २४ माइलको दूरी तय गर्न सक्छ भन्ने अत्यन्त कम मानिसलाई मात्र थाहा थियो, र धेरैले यो अदभूत कार्यमाथि विश्वास नै गरेका थिएनन् । तर हवाई उड्डयनका क्षेत्रमा उनीहरुले संसारलाई बाटो देखाइसकेका थिए ।

तस्वीरहरूःसुशील अर्याल